चीनले पनी जित्यो कोरोना महामारीलाई

एजेन्सी । चीनको वुहान शहरमा उपचाररत सबै कोरोना संक्रमित स्वास्थ्य लाभ लिएर घर फर्किएसँगै चीनले पूर्ण रुपमा कोरोना भाइरसविरुद्ध विजयी प्राप्त गरेको छ। कोरोना भाइरसको उद्गम स्थल मानिएको वुहानमा रहेको सबै संक्रमित घर फर्किएपछि अब चीनमा कोही पनि कोरोनाको विरामी नरहेका चीनका अधिकारीहरुले जनाएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फङले वुहानले कोरोनाविरूद्धको लडाईंमा सफलता पाउनुमा स्वास्थ्यकर्मी तथा अन्य सेवामा खटिने चिनियाँहरूको कडा परिश्रम नै महत्वपूर्ण रहेको बताएका छन् । गत वर्ष डिसेम्बरको अन्त्यमा पहिलो पटक वुहानमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।
करिब ५ करोड जनसंख्या रहेको हुवेई प्रान्तमा कोरोनाका ६८ हजार १ सय २८ संक्रमित मध्ये वुहानमा ५० हजार ३ सय ३३ जना छन् । वुहानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय ६९ छ । चीनमा ७७ हजार ३९४ संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् । वुहानमा दुई महिना पछि गत अप्रिल ८ मा मात्र लकडाउन हटाइएको थियो । तर जनजीवन भने अझै सामान्य बनेको छैन । यता चीनमा जनतामा नयाँ नियमहरूको घोषणा गरेको छ । खोक्दा,थुक्दा मुख छोप्नुपर्ने,सफा लुगा लगाउनु पर्ने, सार्वजनिक स्थलमा सर्ट खोल्न नपाइनेलगायतका नियम लागु गरिएको हो । नियम उल्लंघन गर्नेलाई कडा कारवाहीको व्यवस्था समेत गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया