विपतमा परेकाको सहयोगी बन्दै नेपाली गुठी एसोसियसन

१६ बैशाख २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


फिलाडेल्फिन, अमेरीका । अमेरीकास्थित पेन्सल भेनिया नेपाली गुठी एसोसियसनले कोरोनाका कारण विपतमा परेका नेपाली सहितका अन्य देशका नागरिकलाई राहत वितरण गरेको छ । एसोसियसनले पेन्सल भेनिया राज्यका विभिन्न स्थानमा बसोबास गर्दै आएका नेपालीसहित विभिन्न देशका नागरिकलाई खाद्यन्न, फलफुल, औषधि तथा हात धुने साबुन वितरण गरेको हो ।

एसोसियसनले पेन्सल भेनिया राज्यका फिलाडेल्फिया, वेष्ट चेष्टर, जर्मन टाउन, पेउलीपाइक, नरेश टाउन, डाउनी टाउन लगायतका क्षेत्रमा राहत वितरण गरिएको एसोसियसनका संस्थापक तथा सामाजिक अभियान्ता बिमल मोक्तानले जानकारी दिए ।उनका अनुसार नेपाली विद्यार्थीलाई खाद्यन्न, फलफुल तथा मासु वितरण गरिएको छ ।उनले नेपाली र अन्य देशका नागरिकलाई समेत खाद्यन्न लगायतका सामाग्री दिइएको बताए । गुठीले आइस्टाइन अस्पतालमा इमरजेन्सी विभागमा कार्यरत डाक्टर, नर्ससहित सय जनालाई खाना वितरण गरेको छ ।

न्युयोर्कपछि पेन्सल भेनिया पनि उत्तिकै प्रभावित छ । अमेरिकामा कोरोनाको संक्रमण बढेसँगै स्वास्थ्यकर्मीसँग परामर्श लिन अटलाईनको व्यवस्था गरिएको छ । मोक्तानका अनुसार त्यसका लागि डा। श्याम हाडा, फाम्सिस जयराज, डा। किसन रिजाल डा। सुनील नेपाल लगायतको टीमले परामर्श दिइरहेको छ ।खाना वितरणका लागि नेपाली डाक्टरहरु सुशील मोक्तान, वर्षा मोक्तान, केशव भण्डारी, श्याम हाडा, फक्सिस जयराज, सामाजिक अभियान्ता नारायण योन्जन, विनोद नेपाल, मिनाकमारी मोक्तान, जयनन्द लामा, सुजा लामा, पूर्णसिंह ठकुरी, जानुका मोक्तान, लगायतको टोली सक्रिय बनेको छ । उसले विपतका बेला नेपालीहरु जेसुकै व्यक्तिलाई सहयोग गर्न तयार हुन्छन् भन्ने पुष्टि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया