कृष्ण सिटौलाका छोराको बिहे खर्च कोरोना कोषमा जम्मा

१६ बैशाख २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्ना छोरा श्याम सिटौलाको बिबाहमा खर्च हुने पैसा झापाका स्थानीय तहका कोषहरुलाई हस्तान्तरण गरेका छन्। सिटौलाले सरकारले लगाएको लकडाउनकै बेला आइतबार छोरा श्याम सिटौलाको विवाह गरेका थिए। सिटौलाले आफ्नो निर्वाचन क्षेत्रमा रहेका विपन्न, असहाय तथा मजदुरहरुलाई राहत स्वरुप झापाका ५ स्थानीय तहलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। नेता सिटौलाले भने, यो एउटा सानो सहयोग गरेका छौँ। यो सहयोग जसलाई दिनै पर्ने छ। ति जनता सम्म पुगोस्।

नेता सिटौलाका छोरा श्याम र बुहारी मनिषाले भोज लगायत अतिरिक्त खर्चको रकम सोमबार बिहान स्थानीय तहका प्रमुखलाई हस्तान्तरण गर्न थालेका छन्।भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिकालाई एकरएक लाख, नेता सिटौलाकै गृह वडा भद्रपुर १० नम्बर वडा र बिर्तामोड १० नम्बर वडा लाई ५०र५० हजार बितरण गरेका छन्। नेता सिटौलाले बेहुला छोरा श्याम र आफ्ना दुई अंगरक्षकसँगै अन्य तीनजना गरी ७ जना मात्र जन्ती लिएर गएका थिए। बेहुली पक्षका भने उक्त बिहेमा १५ जना सहभागी भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया