न्यू लाईफद्धारा लकडाउनको परिस्थिती र शिक्षण सिकाईका विषयमा अन्तरक्रिया सम्पन

१६ बैशाख २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


शान्ति तिवारी  बैशाख १६ नवलपरासी । नवलपरासीको वर्दघाटमा रहेको न्यू लाईफ माध्यामिक तथा कलेजद्धारा लकडाउनको परिस्थिती र शिक्षण सिकाईका विषयमा अन्तरक्रिया सम्पन गरेको छ । वर्तमान समयलाई कसरी व्यवस्थापन गर्ने, र शिक्ष्ँण सिकाइ कसरी संञ्चालन गर्न लगायतका विषयवस्तुमा अनलाईन अन्तरक्रिया गरीएको प्राध्यानाध्यापक सन्तोष अधिकारी जानकारी दिनुभयो । अन्तरक्रियामा न्यू लाईफ मावि तथा कलेजमा कार्यरत शिक्षक–शिक्षिका, विद्यालय तथा कलेज व्यवस्थापान समिति र केन्द्रिय प्याब्सनका सहअध्यक्ष डि के ढुंगाना विच करीव २ घण्टा अन्तरक्रिया भएको छ ।

सो क्रममा अहीलेको समयमा अनलाईनका माध्यमबाट प्रभावकारी शिक्षण सिकाइ गर्न सकिने र गरीरहेको अन्य देशहरु पनि रहेको बताउदै सहअध्यक्ष ढंगानाले लकडाउनको समयमा विद्यार्थी, शिक्षक एवं अभिभावकहरु घरमै रहनु भएको छ यो समयको सदुपयोग गर्नु पर्नेमा जोड दिनु भयो । प्राध्यानाध्यापक अधिकारी भन्नुहुन्छ –‘न्यू लाईफले करीव एक हप्ता देखी विभिन्न कक्षाका अनलाईन कक्षाहरु सञ्चालन गरेको छ । केही दिन मै हामीले नर्सरी देखी स्नातक तहका सम्पुर्ण कक्षाहरु अनलाईनबाट सञ्चालन गर्नेछौं ।’ अन्तिरक्रिया कार्यक्रममा शिक्षक दिननाथ पौडेल, विमल शर्मा, शिव शर्मा, प्रकाश न्यौपाने, शुसिल लामिछाने, विमल शर्मा, देव हिताड्ड लागागतले जिज्ञासा राख्नु भएको थियो । शिक्षक शिक्षिकाहरुले उठाएका विभिन्न विषय बस्तुहरुमा प्याब्सनका सहअध्यक्ष ढुंगाना र प्राध्यानाध्यापक अधिकारी जफाव दिनुभएको छ । अन्तरक्रिया करीव ६० जना शिक्षक शिक्षीकाहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया