चुनौतीका चाङ पन्छा्उदै ब्यबसायीक उडान भर्छन – नरहरी

१६ बैशाख २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


सैनामैना  – ४२ बर्षका नरहरी बेल्वासे (रबी) उमेरले ४ दशक काटे उनको ब्यबसायप्रतीको जोश जागर र लगनशिलतामा कुनै कमी देखिदैन । रुपन्देहीको सैनामैना नगरपालीका वडा नम्बर ७ मा स्थायी बसोबास गर्ने उनी पेशाले मदिराका होलसेल ब्यबसायी हुन । बिगत १२ बषदेखी आफ्नै घरबाट मदिराको ब्यबसाय गरिरहेका उनले रबी एण्ड सन्स जनरल स्टोर्स सन्चालन गरेका छन । हसीलो र मिजाशिलो स्वभाबका रबी कोरोनाको सम्भाबीत जोखीमका कारण सरकारले गरेको लकडाउनका कारण हिजोआज फुर्सदिला बनेका छन । यो बेला उनी असारमा किसानलाइ हुने चटारो र हतारो जस्तै देखीनुपर्ने हो तर कोरोनाका कारण सबै क्षेत्रमा प्रभाब पारेकाले मदिरा ब्यबसायमा असर नपर्ने कुरै भएन। बेल्वासेलाइ पनी अबको दिनमा मदिरा ब्यबसाय कसरी अगाडी बढ्ने हो भन्ने बारे चिन्ता भइरहन्छ ।

सैनामैनामा बसेर १० लाखबाट शुरु गरेको उनको ब्यबसायको उडानले करोड क्लब नाघिसकेको छ तर ब्यबसायमा देखीएका चुनौतीले निर्धक्क सघं ब्यबसाय गर्ने बाताबरण नभएकोमा खिन्न देखिन्छन । बजारमा प्रतीस्पर्धा बढी छ , लकडाउनका कारण घरमै बसीरहेका नरहरीले सबलपोष्टलाइ भने –भनेको समयमा ब्यबसायीले पैसा दिदैनन । चेकको समस्या हुन्छ । बेलाबेलामा सरकारको निर्णय परिवर्तन हुदा धेरै ब्यबसायीहरु पलायन भैरहेका छन । लगानी र जोखीम बढी फाइदा कम हुदा मदिरा ब्यबसाय अझै सुरक्षीत हुन सकेको छैन । ” मदिरा ब्यबसायी महासघं प्रदेश पाचका कार्यसमिती सदस्य समेत रहेका उनी सैनामैनाका सल्लाहाकार पनी हुन । लाइन्स क्लबदेखी बिभिन्न सामाजीक सघंसस्थामा पनी उपस्थिती जनाएका उनले होलसेल ब्यापारमा अस्वस्थ प्रतीस्पर्धा बढी हुने गरेको दुखेको सुनाउछन ।

रबिलाल र गंगाका माइला छोरा उनी चुनौतीको चाङलाइ पन्छाउदै ब्यबसायीक उडान भने भरीरहेका छन । कृषकका छोरा उनी एक फ्याक्ट्रिमा काम गर्दा गर्दै ब्यबसायतर्फ मोडीएका हुन । १ दशक भन्दा बढीको दौरानमा मदिरा ब्यबसायमा धेरै नै उतारचढाब ब्यहोरेर नै होला तिनाउ पुल वारी उम्दा ब्यबसायीको रुपमा आफुलाइ चिनाउन सफल भएका छन । बिभिन्न ब्रान्डका मदिराको डिलर समेत लिएका उनलाइ आफ्नो परिवार र साथीभाइको सहयोगले साथ दिइरहेको सुनाउछन । अबको दिनमा यो ब्यबसायमा झनै चुनौती हुनेवाला छ , बेल्वासे हल्का उही सदाबहार मुस्कानसहित प्रस्तुत हुदै अगाडी थप्छन – राज्यले ब्यबसायीहरुलाइ कर लिनेमात्र होइन त्यो अनुसारको सेवासुबिधा पनी दिनुपर्यो । हामीजस्ता मध्यम बर्गका ब्यबसायीलाइ गाहो भैरहेको छ । ” प्रस्तुती : दिपक न्यौपाने

फेसबुकबाट तपाईको प्रतिक्रिया