ईन्द्रेणी सामाजिक विकास मञ्चद्वारा जिल्लाका सात वटै पालिकालाई सहयोग

१६ बैशाख २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल / बर्दघाट – विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै ईन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाट ९ पञ्चनगर पश्चिम नवलपारसीले आफ्नो समाजिक उत्तरदायित्व अन्र्तगत जिल्लाका सात वटै पालिकाहरुले स्थापना गरेका विपत ब्यवस्थापन कोषमा राहत स्वरुप चेक हस्तान्तरण गरेको छ । मंगलबार मञ्चका अध्यक्ष बद्री प्रसाद सुवेदी नेतृत्वमा मञ्चका कार्य समिति पदाधिकारी सहितको टोलीले सात वटै स्थानिय तहमा पुगी पालिका प्रमुखहरुलाई सो सहयोग हस्तान्तरण गरेको हो ।

सहयोग अन्र्तगत पाल्हीनन्दन गाउपालिकामा ३० हजार, प्रतापपुर गाउपालिकामा ३० हजार, बर्दघाट नगरपालिकामा २० हजार ५ सय, सुनवल नगरपालिका, रामग्राम नगरपालिका, सरावल गाउपालिका र सुस्ता गाउपालिकाको विपत ब्यवस्थापन कोषमा १५, १५ हजार गरि कुल १ लाख ४० हजार ५ सय सबै पालिकाहरुलाई चेक मार्फत हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष सुवेदीले जानकारी दिनुभएको छ । सो रकम मञ्चका कार्य समिति पदाधिकारी, कर्मचारी लगाएतबाट संकलन गरि हस्तान्तरण गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया