गरिबसँग विश्वेश्वर कार्यक्रमुका कर्मचारीबाट कोरोना कोषमा सहयोग

प्रकाशित मिति:

काठमाडौं, वैशाख १६ – गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीहरुले सरकारले सञ्चालन गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई रकम सहयोग गरेका छन् । देशभर कार्यरत कर्मचारीको तर्फबाट तीन लाख ८८ हजार ८ सय रुपैयाँ कोषमा सहयोग गरेका हुन्। गरिबसँग विश्वेश्वर कार्यक्रमका संयोजक विद्या सागर पाण्डेयले उक्त रकम भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल लाई मंगलबार रकम हस्तानतरण गरेका हुन्।

राज्य संकटमा परेको समयमा हरेक नागरिकले आफ्नो तर्फबाट सक्दो सहयोग पुर्‍याउनु सम्पूर्ण नागरिकहरुको दायित्व भएको भन्दै कर्मचारीहरुले रकम संकलन गरी सरकारलाई हस्तान्तरण गरेको संयोजक पाण्डेले बताए।बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सिर्जित परिस्थितीमा असहाय र विपन्न बर्गलाई थप जटिलताबाट गुज्रिन नपरोस् भन्ने उद्देश्यले सरकारले संचालन गरेका विभिन्न गतिविधिहरुमा टेवा पुर्‍याउन रकम सहयोग गरेको उनले बताए। हाल यो कार्यक्रम देशका ७७ वटै जिल्लामा संचालनमा रहेको छ।