राप्ती गाउँपालिकाका १३ जना क्वारेन्टाईमा, २ को पी.सी. आ.र. चेकजाँच घोराहिमा

१६ बैशाख २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


तिर्थराज ज्ञवाली / बैशाख १६, दाङ – राप्ती गाउँपालिकाका १३ जनालाई ऐरावति बहुमुखी क्याम्पसको क्वारेन्टाईमा भर्ना गरिएको र २ जनाको पी सी आर चेकजाचका लागि घोराहि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनुभएको छ ।दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक पिसिआर प्रविधिमार्फत कोरोना भाइरसको संक्रमण परिक्षण शुरू भएंपश्चात राप्ती क्षेत्रका दुई जनाको पी सी आर चेकजाच का लागि पठाईएको हो ।कोरोनाको संक्रमणको अवस्था भए नभएको र संकास्पद ब्यत्तिलाई पिसिआर परिक्षण गर्ने भनी सरकारले गरेको निर्णयानुसार प्रतिष्ठानमा दुई ब्यत्तिको स्वाव

परिक्षणकालागि पठाईएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनुभएको छ ।राप्ती गाउँपालिका वडा नं ९ का ५० वर्षिय १ पुरुष तथा वडा नं ८ का २५ वर्षिय १ पुरुष गरि दुई जनाको स्वाव परिक्षणका लागि घोराहिमा चेकजाच गरि पुन चेकजाचको लागि नेपालगंज पठाईएको राउतले जानकारी दिनुभएको छ ।पी सी आर चेकजाचका लागि पठाईएका ब्यक्तिहरु बाहिरी जिल्ला र तेस्रो मुलुक बाट आएको बताईएको छ ।हाल सम्म राप्ती गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा १५ जनालाई भर्ना गरिएको, ७ जनाको पी सी आर चेकजाच गरिएको, २ जनाको आर डि किट बाट टेस्ट गरिएको र ७ जना थप क्वारेन्टाईनमा बस्ने गरि घर पठाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया