अस्ट्रेलियाबाट आयो सुब्रतको ‘पुरा हुन जिन्दगी’ ( भिडियो सहित )

१६ बैशाख २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया
42 Shares


कोरना कहर बिच नेपाली गीत संगीत प्रेमीहरुलाई संगीतको माध्यम बाट मनोरंजन दिन गायक सुब्रत रेग्मीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘पुरा हुन जिन्दगी’ सार्वजनिक गरेका छन् ।रोमाण्टिक भर्सनको यस गीतमा मानिस एक रहन असल छैन ,जिन्दगी जिउन साथी चाहिन्छ भन्ने भाव व्यक्त गरिएको छ । गीतमा स्वर गायक सुब्रत रेग्मीको रहेको छ भने शब्द अनिल शर्माको रहेको छ । गीतमा संगीत बिशाल पौडेलको रहेको छ ।म्युजिक भिडियोमा नायिका केकी अधिकारी र मोडेल बिजेन्द्र जोशीको अभिनय रहेको छ ।रमाइलो ठाउमा छायांकन गरिएको भिडियोमा कलाकारहरुको रोमान्स देख्न सकिन्छ ।

संजित के घिसिङ्ले छायाँकन र सम्पादन गरेको भिडियोलाई संजित र अनिश क्षेत्रीले मिलेर निर्देशन गरेका हुन् ।दुई दशकदेखि शास्त्रीय गायनबाट सांगीतिक यात्रा सुरु गरेका गायक रेग्मीले बाल्यकालदेखि नै विभिन्न रेडियो र टेलिभिजन कार्यक्रमहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिएर दर्जनौं गायन प्रतियोगिताहरुमा विजयी समेत भैसकेका छन् ।म्युजिक नेपालको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।विगत १५ वर्षदेखि अस्ट्रेलिया बस्दै आएका गायक रेग्मीले यस गीतलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…