शुभ लक्ष्मी बचत तथा ऋण सहकारी सस्थाले राहत कोषमा १ लाख प्रदान

१६ बैशाख २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


चुत्र महत / वैशाख १६,भीरकोट – माहामारीको रुप लिएको कोरोना भाइरस कोविड १९ को संक्रमणवाट वच्नको लागी एक महिना भन्दा वढी लक डाउन भैसकेको र अहिले पनि जारी रहेको अवस्थामा लक डाउन वाट प्रभावित भीरकोटका वास्तविक जनतालाई भोक भोकै वस्न पर्ने अवस्था नआओस भनेर भीरकोट नगरपालिका वाड न १मा रहेको श्री शुभलक्ष्मी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी सस्थाका संचालक समिती र व्यवस्थापन समितीका पदाधिकारी सहितको उपस्थीतिमा सहकारीका अध्यक्ष भक्त वहादुर केसीले रु १ लाखको चेक नगर प्रमुख छायाराम खनाललाई प्रदान गर्नुभएको हो ।

चेक वुझदै प्रमुख खनालले शुभलक्ष्मी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले दिएको रकम लक डाउनवाट प्रभावित भीरकोटवासीलाई खाद्यान्न खरिद गरी वितरण गर्ने भन्दै सस्थाले ठुलो धनरासी सहयोग गरेको मा धन्यवाद समेत व्यक्त गर्नुभयो ।पहिलोचरणको राहत वितरणमा ८२४ जना अति विपन्न र ज्यालादारी गरी गुजारो टार्दै आएकाहरुलाई रहत वितरण गरीसकेको भन्दै दोस्रो चरणको राहत वितरण आज वाट क्रमश ९ ओटै वाडमा प्रत्येक वाडका टोल संयोजक मार्फत वितरण गर्ने गरी २ जना घर परिवार भएको घरमा १० केजी चामल २ केजी दाल, २ केजि नुन र १ लिटर तेल त्यसैगरी २ जनाको परिवार देखी ५ जनाका सम्मको परिवारलाई २० केजी चामल,

२ केजी दाल,२ केजी नुन र १ लिटर तेल त्यसैगरी ५ जनाको परिवार भन्दा माथीको लाई २५ केजी चामल,२ केजी दाल,२ किलो नुन र १ लिटर तेल राहत स्वरुप ९ वटा वाडका लक डाउन वाट परेका वास्तविक प्रभावित १४ सय घरपरिवालाई वितरण गर्ने कार्य शूरु भएको नगर प्रमुख छायाराम खनालले वताए । हाल सम्म शुभलक्ष्मी बचत तथा ऋण सहकारी सस्था लिमिटेड भीरकोट १ वाट १ लाख र समाजसेवी श्यामकाजी अधिकारी वाट २२ हजार गरी भीरकोट नगरपालिकाको दैविक प्रकोप व्यवस्थापन कोषमा नगद र जिन्सी गरी रु ९ लाख ३० हजार ४ सय ४८ रुपैया जम्मा भएको नगर प्रवत्ता दिपेन्द्र केसीले वताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया