लकडाउनले फेरिएको दैनिकी

१६ बैशाख २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


भैरहवा, बैशाख १६  – लकडाउनको कारण यतिबेला मान्छेहरुको दैनिकी नै फेरिएको छ । बर्षौदेखि नियमित एउटै काम गर्दै आएका मान्छेहरु यतिबेला फरक ढंगको काम गरिरहेका छन् । यसैबीच सन्चार क्षेत्रको अग्रहणी संस्था लुम्बिनीखबर ग्रुप (एलकेजि) ले आयोजना गरेको नियमित भर्चुवल सम्बादमा लकडाउनको उपयोगिता विषयमा छलफल भएको ग्रुपका अध्यक्ष श्रीबहादुर रायमाझीले बताए ।उक्त सम्बादमा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.घनश्याम न्यौपाने परिश्रमीले लकडाउनमा पुस्तकहरु पढ्ने, पारीवारिक छलफल गर्नेगरेर बिताउने गरेको बताए । विश्वभाषा क्याम्पस काठमान्डौंमा बिहान उज्यालो भएदेखि क्याम्पस पढाउने गर्नेगरेका न्यौपाने यतिबेला नवलपरासीको बर्दघाटमा रहेकाछन् । न्यौपानेले भने, ‘लकडाउनका धेरै बेफाइदा हुदा हुदै पनि पारीबारिक सम्बन्ध बलियो बनाउन भूमिका खेलेको छ । ’छलफलमा साहित्यकार लक्ष्मी शर्माले काठमान्डौंमा एक्लै बसिरहेको अवस्थामा भर्चुवल सम्बादले सबैसंग कुराकानि गर्न सहज बनाएको बताईन् । युनिभर्सल पब्लिक स्कुलका एमडी गोकुल पोखरेलले दैनिकी फेरिएता पनि घरमै कृर्षीकर्ममा व्यवस्त रहेको बताए । ओमसतिया गाउपालिकाको तरकुल्लाहमा रहेका उनले भने, ‘बिहान उज्यालो भएदेखि पढाउन दौडधुप गर्ने मेरो दैनिकी यतिबेला फेरिएको छ । यतिबेला घरकै करेसाबारीमा काम गर्ने, छोराछोरीसंग खेल्ने काम भइरहेको छ। ’नेपाल लाइफ इन्सोरेन्सका प्रबन्धक गोबिन्द प्रसाद गिरी

लकडाउनको कारण तौलिहवा स्थित नयाटोलकको घरमै बसिरहेको बताए । उनले भने, ‘सामन्य अवस्थामा दिनभरी हिडेको हिड्यै भईन्थ्यो । यतिबेला घरभित्रै परिवारसंगै बसिएको छ । ’लुम्बिनीखबर सन्चार गृह प्रा.लिका अध्यक्ष थानेश्वर पान्डे –प्रकाश) ले लकडाउनले आफ्नो दैनिकीमा भने सामन्य मात्रै असर गरेको बताए । उनले भने, ‘केबल लाइन व्यवस्थापन तथा सप्लाई गर्दै आएको विविएनको भैरहवा कार्यलय पनि हेर्नुपर्ने नियमित कार्यले निरन्तरता पाएको छ । अन्य अवस्थामा भन्दा सामन्य फेरबदली भएको छ । ’सिद्धार्थ साहित्य परिषदको कोषाध्यक्ष सीता ढुंगानाले लकडाउनको अवधिमा भर्चुवल सम्बादमा समय व्यति तगर्ने गरेको बताईन । उनले भनिन, ‘अधिकांश समय युट्युब , सामाजिक सन्जालमा बिताउने गरेको छु । साहित्य परिषदको नियमित संगम पनि यसपटक भर्चुवल सम्बाद मार्फत गरियो । ’लिसरा सेनेटरी उद्योग ठूटिपीपलका सन्चालक लाल बहादुर थापाले उद्योग धन्दाको काम नहुदां घरपरिवारसंगै दिन व्यतित गरिरहेको बताए ।आवारोडमा अस्मीता किराना पसल सन्चालन गर्दै आएका तुलसी प्रसाद न्यौपानेले दिनमा एक घन्टा पसल खोल्ने गरेको अन्य समय परिवारसंगै बिताउने गरेको बताए ।मर्चवारदेखि पत्रकार असलम खानले अन्य समयमा भन्दा यतिबेला झनै रिर्पोटिंगको दौडधुप बढेको बताए । उनले भने, ‘यतिबेला पालिकाहरुले राहत बाड्दा वा अन्य व्यक्तिले पनि पत्रकारलाई धेरै खोजिरहेका छन् । त्यतै व्यस्त छु । ’ धकधइ क्षेत्रमा काम गर्ने अर्को पत्रकार पशुपति यादव पनि स्थानिय सरकार र सामाजिक संघसंस्था संगै सामाजिक कार्यमा सक्रिय भईरहेको बताए ।मानव अधिकारबादी अधिवक्ता

शिव गौडेलले लकडाउनको समयलाई घरमै अध्ययन क्षेत्रमा संलग्न रहेर उपयोग गरिरहेको बताए ।उनले लकडाउनको अवधिमा कहि कतै मानव अधिकारको उल्घंन नहोस् भनेर सामाजिक सन्जाल र अनलाइन मिडीयाहरुको अध्ययनमा बढी जोड दिएको पनि बताए ।दक्षिण कोरियामा रहेका नारयण ज्ञवालीले आफ्नो कम्पनिमा नियमित काम भईरहेको बताए । उनले भने , ‘कम्पनीभित्र कुनै समस्या छैन तर बजार आवतजावतमा केहि कठिनाई सृजना भएको छ । ’छलफलमा पत्रकार नरेश के.सीले अन्य समयमा भन्दा समाचार रिर्पोटिंगको शैली र विषय फेरिएको बताए । उनले भने, ‘सामन्य अवस्थामा सामन्य छलफल , गोष्ठिमा बढी समय व्यतित हुन्थ्यो । यतिबेला कोरानाकै अवस्था, प्रभावको विषयमा र त्यसले सृजना गरेका अफ्ठयारा विषयमा समाचार बनिरहेका छन् । ’मान्छेहरु घरभित्रै व्यस्त भईरहदा प्रहरी र स्वास्थ्यकर्मि झै पत्रकारहरु पनि व्यस्त भईरहको बताए । यतिबेला एकान्तबासको कारण मान्छेहरु एक अर्कामा भेट्न नपाएको एक महिना भन्दा बढी भईसकेको छ । गएको चैत्र ११ गतेदेखि शुरु भएको बन्दाबन्दीको प्रभाव स्वरुप मान्छेहरु सामाजिक दूरीमा रहेका छन् । जसको कारण उनीहरु एकले अर्कोलाई भेट्ने तथा संगै हिडडुल गर्न पाएका छैनन ।यतिबेला भर्चुवल सम्बाद अत्यन्तै चर्चामा छ । नेपालमा बन्दाबन्दीको कारण प्राप्त उपलब्धी हो भर्चुवल सम्बाद । होम क्वारेन्टाइनमा बसिरहेको बेला सामाजिक दुरीको कारण हुन नसकेको भेटघाटलाई प्रविधिको उपयोग गर्दै एलकेजि ग्रुपले हरेक दिन दिउंसो चार बजे देखि पांच बजे सम्म विभिन्न विषयमा केन्द्रित रहेर भर्चुवल सम्बाद गर्दै आएको ग्रुपमा अध्यक्ष रायमाझीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • चीनद्धारा नेपाल लगायत पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेशसँग कोभिड–१९ का…
  • प्राज्ञिक विद्यार्थी परिषद, नेपाल द्धारा कक्षा ११ को पाठ्यक्रमको अन्योल…
  • न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाई अभ्यास आदान प्रदान
  • आज २०७७ पुस २५ गते शनिबार
  • सुर्य गंगा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १५ औँ…
  • पूर्व प्रधानन्यायाधीशहरुले भने– प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने संवैधानिक अधिकार छैन
  • निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेका युवालाई रिहा गर्न देउवाको…
  • उल्टो हिंडेर संसद विघटनको विरोध
  • गुल्मी र पाल्पाका शिक्षकहरुका लागि १० दिने टिपिडी तालिम पाल्पामा…
  • ग्लोबल आइएमई बैंकले ल्यायो ग्लोबल स्मार्टमा ‘क्यास ब्याक’ योजना