कोरोना लकडाउने सम्झाएको विगत

१६ बैशाख २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


सन्तोष पौड्याल – जब एसएलसी दिने समय नजिक आउंदै थियो, देशमा माओवादीको सशष्त्र युद्ध चलिरहेको थियो । सरकार र माओबादीको त्रासका बिचमा परिक्षा दिनुपर्ने थियो,त्यो पनि सदरमुकाम देखि घरबाट १५ मिनेटको दुरिमा मेरो बिद्यालय थियो । अनि यसपालि गाउंमा म एकजना मात्र थिएं एसएलसीको आइरनगेटलाई तोड्नको लागि तयार सिपाहि । कहिल्यै घर देखि टाढा बस्नु परेको थिएन मलाइ । तर यसपालि भने सदरमुकामको यात्रा अनिवार्य थियो मेरो लागि । किनकि मेरो एसएलसी दिने सेन्टर सदरमुकाम तम्घासमा परेको थियो, घरमा बाबा आमा चिन्ता गर्दै हुनुहुन्थ्यो । भाइबैनिहरु अलि सानै थिए, नभन्दै परिक्षा दिने मिति नजिक नजिक आउदै थियो । घरको जेठो सन्तानको एसएलसी, परिबारमा चिन्ता हुने नै भयो । बाबाले बस चढाई दिनुभो अनि म पनि सबै तयारिको साथमा सदरमुकाम प्रस्थान गरें । परिक्षामा सहभागि हुनको लागि तम्घास पुगेपछि एउटा कोठा भाडामा लियौं । बाहुनी भाउजु, म अनि उहांको साथी सिता । हामि तिन जना उक्त कोठामा बस्ने निधो ग¥यौं । मैले मेरो ओढ्ने ओछ्याउने ब्यबस्था गर्न अर्खले आफन्तिको मा गएं अनि ट्याकटरमा लिएर आएं । ड्राईभर गितमा मस्त थियो ‘चरिले त छाडेर गै गयो सम्झना चै डालिमै रहिरह्यो.’। म चरि जस्तै गुड छाडेर हिंडेको थिएं । सबै ब्यबस्था भयो । सांझ ७ बजेदेखि बाहिर निस्कन नपाउने त्यो समय पनि एक किसिमको लकडाउन जस्तै थियो । कोठा सेट गरियो म खाना पकाउन जानेको थिएं । प्रायः पकाउने काम गर्थें । अरु सबै काम भाउजु र भाउजुको साथिले गर्नु हुन्थ्यो । मेरो परिक्षाको सेन्टर सिद्धार्थ बोर्डिङमा परेको थियो । करिब कोठा देखि १५ मिनेटमा हिंडेर पुगिन्थ्यो । तम्घासको बसाई पनि नौलो र रोचक थियो । हेर्दा हेर्दै परिक्षा पनि सकियो , परिक्षा सकिएको दिन फिल्म हेर्न गइयो, तम्घास घुमियो अनि भोलि पल्ट घर फर्किने तयारि भयो । आफन्तिका सबै सामान बुझाएर घर फर्किने बस चढियो बस पुरै भरिभराउ थियो । छतमा यात्रा गर्नु वाहेक अर्को बिकल्प थिएन । पहिलो पटक डरै डरमा छतको यात्रा तय भयो । करिब दरबार नजिक पुग्दै गर्दा बसको हेल्पर छतमा आयो भाडा उठाउन

। मैले पनि भाडा दिन मेरो पर्स निक्काल्न खोजे ला…… मेरो पर्स नै छैन । हेल्पर म संग पड्कियो । र भन्यो बहाना नबनाउ कि त यहि झारिदिन्छु, सित्तैमा लैजान सक्दिन । अनि मैले भने म ओर्लिने बेला दिन्छु । गाइ गुइ गर्दै झर्किदै कड्किदै हेल्परले सबै संग पैसा उठायो म रातो पिरो हुदै नबोलि बसिरहे । म ओर्लिने ठाउ आयो । ब्याग निकालें । छतमा पर्स भेटिन्छ कि भनेर एक फन्का लगाइ खोजें । मेरो पर्स एकजना अपरिचित यात्रुको ब्यागले च्यापिएको अबस्थामा भेटियो । खुशीको आंशु खसे । अनि ठालु पल्टिदै बसको छत देखि तल झरे हेल्परलाई पैसा दिन्छु भनेको भिडभाडले गर्दा बस कुदाउन लगाउंदै हेल्परले जाउं जाउं गुरु जि भन्दै बसको ठोका ठटायो । मेरो भाडा नै नलिई बस बुटवलतिर कुद्यो । मेरो पैसा नै जोगियो । त्यहा देखि घर जान २५ मिनेट लाग्थ्यो । धेरै बर्षमा आफ्नो घर जान लागेको अनुभुति हुदै थियो । दौडी दौडी घर पुगें । मलाइ देखेर परिवारमा फेरि हर्षका आंशु देखिए । म पनि रोएं । तम्घासका यादका सबै कहानि भन्दै खाना खाएर सुतियो । स्वतन्त्र दिनचर्या, केहिको पनि बोझ थिएन । खायो, खेल्यो घुम्यो, सुत्यो । परिक्षाको नतिजा आउने समय हुदै थियो त्यो बेलामा अहिले जस्तो सहजता थिएन । बारीमा काम गर्दै थियौं । सांझ ३ बजेको समाचारमा रेडियोले खबर फुक्यो– एसएलसीको नतिजा प्रकाशन भएको । होस् हवास कहा पुग्यो पत्तै पाइन एकजना भाइले खबर लिएर मेरो घर आयो दाइ रिजल्ट बिद्यालयको भित्तामा टांस्ने तयारि हुदै छ । सिम्बोल नम्बर हेर्न कुदेर म कसरि पुगें कति समयमा पुगें कुनै पनि कुराको याद छैन । नम्बर खोज्दै जांदा आफ्नो नम्बर देखें । मुटु फुट्ला जस्तो भएको थियो । यति धेरै आबेगमा थिएं म अहिले सम्झिदा पनि अचम्म लाग्छ । चकलेट किनें अनि हस्याङफस्याङ गर्दै बाटामा भेटघाट हुने सबैलाई आफु एस एल सी पास भएको कुरा सुनाउंदै घर पुगें । फेरि सबै जना परिवारमा जम्मा भै हर्षका आंशु बगायौं । आफुलाई धेरै ठुलो काम गरे बाबा मम्मिको मान बढाएं गाउको इज्जत राखें भन्ने अनुभुति भइरहेको थियो । हाम्रो घरमा मिल थियो मेरै नामको । बाबाले मिल चलाउने म पनि सहयोग गर्थे । एसएलसी पास भएपछि अब अर्को तनाब आइ लाग्यो । परिबारमा सल्लाह भयो अब कहां पढ्ने ? अनि अन्त्यमा मेरो अबको पढाई बुटवलमा हुने भन्ने बाबा मम्मिको निस्कर्ष भयो । फेरि पनि चरिले गुंड छोड्ने कुरा भो ।

मनमा अनेक कुराहरु खेल्न थाले । आफु हुर्के बढेको ठाउं । साथि भाइ सबैलाइ छोडेर मुग्लान जान लागेको अनुभुति भइरहेको थियो । तथापि मन सम्हालेर बाबा संग अबको पढाईलाई निरन्तरता दिन गाउंको एउटा ट्रकमा बुटवल हिंडियो । ट्रकमा गित बज्दै थियो, चैते दशै मेलैमा माया बस्यो ख्यालख्यालैमा । बुटवलमा आएर हामि ट्राफिकचौकमा ओर्लियौं अनि गुप्ता होटलमा तन्दुरी नान, पालक पनिर दाल फ्राइ खाइयो । बाबा र म अनि एकजना अंकल (बाबाको साडु भाई) भोलि पल्ट लुम्बिनि बाणिज्य क्याम्पस गएर भर्ना भइयो । मलाइ कान्छी फुपुको कोठामा छोडेर बुबा गुल्मि फर्किनु भो । मेरो कलेजको दैनिकी शुरु भयो । संगसङै म मामाको कम्प्युटर कलेजमा पढ्न सुरु गरें । फुपु संग धेरै बसिन । तिन महिना जति बसेपछि म मामा संगै बस्न लागें । पछि कान्छा मामाको जापानको भिसा लाग्यो अनि कम्प्युटर कलेजमै बस्ने र खाना ठुलो मामाको मै खान थालें । दिनभर म कम्प्युटर कलेजमा नै बस्ने र काम सिक्ने गर्न थालें , १२ पास गरिसके पछि त्यहि कम्प्युटर कलेजमा पढाउने र कम्प्युटर बनाउने गर्न लागें । बैनिलाई पनि बुटवल ल्याएर पढाउने सोंच बनाएपछि बैनि म अनि एकजना गाउंले भाइ मिलेर देबिनगरमा एकतले घर भाडामा लिइयो । दशंै थिएन त्यस वर्ष । हाम्रो हजुरआमा स्वर्गबास हुनु भएको थियो । तै पनि घर पुगेर घुम्न जाने सोच बनाई म दाङ तिर घुम्न निस्कें । फर्केर आउदा मेरो कोठामा चोरी भएछ । चोरले केहि पनि बांकी नराखी सबै सामान चोरछ । फेरि अर्को कोठा भाडामा लिइयो अनि बैनि र म मात्र बस्न लागियो । बैनिको पनि जागिर थियो । मैले पनि बैंकिङ क्षेत्रमा जागिर शुरु गरेको थिएं । मेरो बैंकिङ जागिरको काम पनि सुचना प्रबिधि शाखा थियो म उक्त शाखाको प्रमुख भएर करिब उक्त संस्थामा ६ बर्ष बिताएं । यसै बिचमा मलाई राजेश हमाल हिरो भएर पर्दामा छाएजस्तै म्युजिक भिडियोमा हिरो बन्ने हुटहुटि चल्यो । अनि के खोज्छ्स काना आंखो भने जस्तै भयो । हितान शुक्र भन्ने दाइ संग एक दिन यस्तै प्रसंगमा कुरा निस्कियो । दाइलाई भनें हजुर त मिडिया लाइनको मान्छे मलाइ नि म्युजिक भिडियोमा चान्स दिनुस् न दाइ । अनि दाइले हुन्छ भन्नु भो । अनि सोचें कतै कुनै कम्पनि संग बिज्ञापन माग्न सके त झन राम्रो ।

दाइलाइ पनि सहयोग हुने म पनि हिरो बन्ने । पोखराको एकजना दाइलाइ सम्पर्क गरें अनि सबै कुरा बताएं । उता अर्जुन दाइले पनि हुन्छ भन्नु भो । अनि हितान दाइलाई आएर भनें– दाइ बजेटको लागि चिन्ता नगर्नु म पनि बिज्ञापन मागेर सहयोग गर्छु तपाईलाई तर भिडियो राम्रो बन्नु पर्छ । भिडियो बन्यो एकाएक नसोचेको सपना पुरा भयो । पत्रिकामा न्युज आयो । टिभिमा भिडियो । ओहो बडो खुसि पो लाग्यो । हितान दाइको सहयोगले नसोचेको अर्को सपना पुरा भयो । यसै सिलशिलामा पत्रकार टि.आर. शर्मा उहां पत्रकार हुनुहुन्छ उहांले मेरो म्युजिक भिडियो फोटो लगायत अन्य मेरो फोटो लाई त्यो बेलाको हटकेक भन्छु म कान्तिपुरको शुक्रवार साप्ताहिक लगायत अन्य स्थानिय पत्रिकामा पनि प्रकाशन गर्दिनु भएको थियो । सबै गरि करिब १५ वटा म्युजिक भिडियोमा हालका चर्चित कलाकारहरु संग म्युजिक भिडियोमा अभिनय गर्ने मौका जुरेको थियो । बिन्ध्बासिनी म्युजिकका सञ्चालक सुवास रेग्मीले पनि यो यात्रामा धेरै सहयोग गर्नुभएको थियो, त्यस्तै मित्र गायक राजु ढकाल,देबि घर्ति संग त गायक बन्ने हुटहुटिले मेरो आफ्नै शब्दमा एल्बम नै निकाल्न्न पनि सफल भएं । अनि म्युजिक भिडियोको नायक हुदै गायक सम्म भएं । त्यो पनि आफ्नो गितको , । जिन्दगी चलिरहेकै थियो अनि जागिर पनि परिबर्तन भै रहेको थियो यसै सिलसिलामा म बैबाहिक जिबनमा बांधिन पुगें अनि मेरो सांङ्गितिक यात्रामा पुर्णविराम लागेको छ । राजधानिमा जागिर हुंदा फ्याट्टफुट्ट समय मिलेको बेला सांङ्गितिक माहोलमै रमाउने अनि फुर्सदिलो बेला सुटिङ गर्न स्याङ्जासम्म पुग्थें म । श्रीमतिको पनि बैंकको जागिर अनि आफ्नो पनि । सबै साथिभाइका छोरा छोरि देख्दा डाहा लाग्थ्यो भाग्यबस हाम्रो पनि छोरीको आगमन भयो । बैंकको जागिर कहिल्यै फुर्सद मिलेन । छोरि संग रमाउने । यसैक्रममा छोरि पनि २१ महिना पुरा गरिन् । विश्वमा नयां तरङग आयो । त्यो पनि कोरोना भाइरसको । बाजे बज्यैका पालाका अनेकौं गफ सुनेर आनन्द मिल्थ्यो । अनेक रोगहरु सुनियो तर यस किसिमको रोगको बारेमा कहिल्यै सुनेको थिइन । तर आफैले भोग्दैछु अहिले । जिन्दगिमा धेरै उतार चढाब हरु आए । राम्रा नराम्रा अनेकै दुख अनि कष्ट भोगियो सुनियो । यति फुर्सदिलो समय आजसम्म मिलेको थिएन । किताब पढ्ने, फिल्म हेर्ने सोसल साईटमा रमाउने, इमेल इन्टरनेटको मजा लिने, मिठो मसिनो खाने सबै कुरा पुगेको छ आज । जिन्दगिमा धेरै उतार चढाब हरु आए । आहा भन्ने भन्दा पनि डाहा गर्ने हरु धेरै भेटें मैले । कमै मान्छे भेटघाट भए । यहा सम्मको जिबनमा जस्ले हौसला दिए, ज्ञान दिए, उर्जा दिए, सहयोग दिए ती सबैमा नमन गर्दछु । बांकि भोलिको जिबन सबै देशबासीको सुखमय होस्, कोरोना भागोस् । बिदेशिएका नेपालीहरुले यहि देशको माटोमा सुन फलाउने प्रयत्न गरुन् । जय देश, जय जननी ।   ( लेखक बैंकर हुन् )

फेसबुकबाट तपाईको प्रतिक्रिया