नेकपा सचिवालय बैठक भोलि वस्ने

प्रकाशित मिति:

काठमाडौं, वैशाख १६  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले भोलि बुधबार सचिवालय बैठक डाकेको छ । नेकपाभित्र सचिवलाय र स्थायी समिति बैठक बोलाउन माग गरेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आलटाल गर्दै आएका थिए ।

मंगलबार दिउसो अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्ता पछि सचिवालय बैठक बोलाउने सहमति जुटेको हो। बैठक अपरान्ह ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।