भैरहवामा मजदुरहरुलाई एक महिना सम्म पुग्ने खाद्य सामग्री बितरण शुरु

नरेश के.सी. / भैरहवा, बैशाख १६ – जिल्ला सदरमुकाम समेत रहेको सिद्धार्थनगर भैरहवामा मजदुरहरुलाई करिब एक महिना सम्म पुग्ने खाद्य सामग्री बितरण शुरु गरिएको छ ।नगरकार्यपालिकाले कार्यबीधि नै बनाएर हरेक वडा वडामा उक्त सामग्री वितरण शुरु गरेको नगर प्रमुख हरि प्रसाद अधिकारीले बताउनुभयो । उहांले भन्नुभयो , ‘ करिब एक महिना सम्म खान पुग्नेगरी परिवार संख्याको आधारमा औपचारिक तथा अनौपचारिक क्षेत्रका मजदुर , श्रमजीवि वर्ग र विहान बेलुका खाना समस्या परेकाहरुलाई खाद्यान्न सहयोग प्रदान गर्न थालेका छौ । ’नगर प्रमुख अधिकारीले भन्नुभयो, ‘१३ वटै वडाले लकडाउनको कारण खाना समस्या भएकाहरुको लगत संकलन गरी वडा स्तरीय निर्णय गरेर पठाएका छन् । त्यसैको आधारमा नगरले खाद्यान्न सहयोग गर्दैछ । ’नगर प्रमुख अधिकारीका अनुसार नगरभित्र बसोबास गर्ने २ हजार ८ सय ९ जना मजदुर,
२ हजार २४ जना भाडामा बस्ने कमजोर आर्थिक अवस्था भएका नागरिक, एक सय जना भारतीय नागरिक गरी जम्मा ४ हजार ९ सय ३३ जनालाई एक महिना सम्म खाना पुग्नेगरी खाद्यान्न सामग्री राहत स्वरुप प्रदान गर्न थालिएको हो । नगरले यसअघि १८७२ जनालाई पहिलो चरणको राहत सहयोग उपलब्ध गराएको थियो ।नगरका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासीनिका अनुसार आइतबारदेखि वडा कार्यलय मार्फत मजदुरहरलाइ खाद्यान्न उपलब्ध गराउन थालिएको छ । आईतबार, सोमबार र मंगलबार गरेर वडा नम्बर १, ३, ५, र १३ नम्बर वडामा बितरण भईसकेकोछ । बाकी वडामा पनि केहि दिनमै बितरण गर्नेगरी तयारी थालिएको छ ।नगरले वडा नम्बर १ मा ५८४, वडा नम्बर २ मा २४९ , वडा नम्बर ५६७, वडा नम्बर ४१५, वडा नम्बर ५ मा १०१, वडा नम्बर ६ मा ५७७, वडा नम्बर ७ मा १७६, वडा नम्बर ८ मा ६३२,
वडा नम्बर ९ मा ५०२ , वडा नम्बर १० मा २१२, वडा नम्बर ११ मा २०९, वडा नम्बर १२ मा ४०४, वडा नम्बर १३ मा ३०५ जनालाई दोस्रो चरणको खाद्यान्न राहत स्वरुप प्रदान गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताउनुभयो ।नगरपालिकाले परिवार संख्याको आधारमा खाद्यान्न सहयोग गर्न थालेको हो । नगर उप्रमुख उमा काफ्लेका अनुसार एक जना परिवार संख्या भएको घरधुरीले १० के जि चामल, २ केजि दाल र नुन , साबुन पाउनेछन् । यसैगरी २ देखि ४ जना सम्म परिवार संख्या भएको घरधुरील १५ केजि चामल, ३ केजि दाल, साबुन र नुन पाउनेछन् । यसैगरी ५ जना भन्दा बढी परिवार संख्या भएको घरधुरीले ३० केजि चामल ४ केजि दाल, साबुन र नुन पाउने छन् ।वडास्तरको बैठक बसेर हरेक वडा वडाको अति विपन्न मजदुर खासगरीकन निम्न वर्गिय मानिसहरुको नामावलि नगरपालिकामा पठाएको वडा नम्बर ८ को सदस्य उमेश थापा मगरले बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया