युरोपेली संघ (ईयू)द्वारा नेपाललाई ९ अर्ब ८० करोड सहायता

१६ बैशाख २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं  –  युरोपेली संघ (ईयू) ले नेपाललाई कोरोना भाइरस महाव्याधि (कोभिड–१९) सँग जुझ्न ७ करोड ५० लाख युरो अर्थात् ९ अर्ब ८० करोड रुपैयाँको सहायता प्याकेज घोषणा गरेको छ। कोरोना भाइरस महाव्याधि प्रकोपसँग जुध्न र यसको असर न्यूनीकरणका लागि ईयूले उक्त सहयोग प्रदान गर्ने घोषणा गरेको हो।यो सहयोग ईयूले दिँदै आएको सहयोग प्रतिबद्धतालाई पुनप्राथमिकीकरण

र थप सहयोगसमेत गरी सरकारलाई बजेटरी सहयोग दिएको हो। यो रकम सरकारले नै खर्च गर्न सक्छ। नेपालका लागि युरोपेली संघकी राजदूत वरोनिका कोदीले नेपाल र युरोपेली संघसँगको लामो समयदेखिको मित्रतालाई ध्यानमा राख्दै ईयूले अहिलेको संकटबाट जोखिमयुक्त समुदायमा पर्ने असर न्यूनीकरणमा सहयोग गर्ने बताइन्। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय साझेदारी र ऐक्यबद्धता अझ सशक्त हुनुपर्ने उनको भनाइ थियो।अन्नपुर्ण पोस्ट 

फेसबुकबाट तपाईको प्रतिक्रिया