विपद संग लड्ने अभियानमा सहभागी हुन तरुणहरुलाई सांसद मल्लको आग्रह

प्रकाशित मिति:

स्याङ्जा । गण्डकी प्रदेश सभा सदस्य तथा तरुणदल स्याङ्जाका सभापति भागवत प्रकाश मल्लले सरकारको जनहित विपरित कार्य र विश्वमहामारी रुपमा फैलिएको विपदको विषम परिस्थिती संग जुद्दन सवै तरुणहरुलाई आह्वान गर्नुभएको छ । नेपाल तरुणदल स्याङ्जाको भिडियो कन्फ्रेस मार्फत भएको बैठकमा विशेष अतिथिको रुपमा बोल्दै सांसद मल्लले विश्व कोरोनाले छटपटाइरहेको बेला सरकार सत्ताको जोडघाउ, संविधान विपरितका विधेयकहरु अध्यादेश मार्फत लाद्दै लोकतन्त्रको धज्जी उडाइरहेको आरोप लगाए ।

बैठकमा कम्युनिष्ट सरकारले राहत वितरण र अलपत्र परेकाहरुलाई उद्दार कार्यमा समेत भष्टाचार र राजनीतिक पुर्वाग्रह साँधेको तरुण नेताहरुले आरोप लगाए । कोरोना भाइरसका कारण विश्व आक्रान्त भइरहेका बेला केन्द्रिय परिपत्र अनुसार तरुणहरु जनसेवामा खटिरहेको र थप रचनात्मक कार्यक्रमहरु समेत गर्ने प्रतिवदता समेत व्यक्त गरे ।तरुणदल स्याङ्जाका कार्यबाहक अध्यक्ष शिवसंसार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकको संचालन सचिव चन्द्र रानाले गर्नुभएको थियो ।