अख्तियारले छापा मार्यो भरतपुरको कोरोना अस्पतालमा

१७ बैशाख २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


१६ वैशाख, चितवन । अख्तियार   दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले भरतपुर कोरोना विशेष अस्थायी अस्पताल र भरतपुर महानगरपालिकाको महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।अख्तियारको टोलीले मंगलबार दिउँसो कोरोना अस्पतालमा छापा मारी महत्वपूर्ण कागजात नियन्‍त्रणमा लिएको हो । टोलीले कोरोना अस्पताल सम्बन्धित महत्वपूर्ण कागजातहरु भरतपुर महानगरको स्वास्थ्य शाखाबाट समेत जफत गरेको छ । ती सबै कागजात लिएर टोली हेटौंडा फर्किएको अख्तियार हेटौंडाका प्रमुख शिवकुमार कार्कीले जानकारी दिए । कोरोना विशेष अस्पतालका विभिन्न सामग्री कर्मचारीले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियारले छापा मारेको हो ।  यसैबीच अस्पताल सञ्चालनका लागि बनाइएको ‘भरतपुर कोरोना नियन्त्रण कार्यदल’ले विवादस्पद खर्च अनुमोदन गरेको छ । सोमबार बसेको बैठकले खर्च अनुमोदन गरेको कार्यदलका सदस्य सचिव डा। भोजराज अधिकारीले बताए ।

प्रदेश सरकारको १ करोड सर्शत अनुदान र भरतपुर महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पेश्की लिएको ६ लाख ५० हजार रकमलाई आम्दानी देखाइएको छ भने, खर्च १ करोड २६ लाख ४८ हजार देखाइएको छ ।प्रदेश सरकारबाट चैत २० गते आएको सर्शत अनुदानको एक करोड रकम कोरोना अस्पतालको खातामा नै पठाइएको महानगरका लेखा अधिकृत जगन्नाथ आर्यालले जानकारी दिए । अडिट गर्नेरगराउने आर्थिक नियम ऐ अनुसार सामान खरिद र व्यवस्थापन गर्ने जिम्मा लेखापाल खनाल र अस्पतालका सदस्य सचिव एवम् प्रवक्ता डा। भोजराज अधिकारीलाई दिइएको छ ।अस्पतालले दिएको विवरण अनुसार वैशाख १४ गतेसम्म ७४ लाख ४४ हजार ९९ रकम भुक्तानी भएको देखिएको छ । क्वारेन्टाइन खर्च ६ लाख ५७ हजार ५ सय, ट्वाइलेट बाथरुम पार्टेसन गर्दाको २५ लाख ४४ हजार ५ सय ४८,एयर कण्डिसनको ६ लाख २५ हजार, कर्मचारी पारिश्रमिक वापत १३ लाख ७७ हजार ५ सय ८० रकम गरी जम्मा ५२ लाख ४६ हजार २८ रकम भुक्तान गर्न बाँकी छ ।अहिलेसम्म कार्यालय सञ्चालनमा ११ लाख ८६ हजार, औषधी खरिदरमेशिनरी औजारमा सबैभन्दा धेरै ५२ लाख २८ हजार २ सय १० खर्च भएको छ । अस्पतालले कति कुन कुन औषधि खरिद गरेको हो भन्ने विवरण दिएको छैन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया