भोकमरीको सूचकांकमा नेपालको स्थान ७२ औंमा

प्रकाशित मिति:

नेपालको भोकमरीको सूचकांक विश्व मानवचित्रमा विगत तीन वर्षदेखि एउटै स्तरमा रहेको पाइएको छ ।  ‘विश्व भोकमरी सूचकांक जिएचआइ २०१७’ प्रतिवेदन अनुसार विश्वका ११९ मुलुकमध्ये नेपाल ७२ औं स्थानमा छ। प्रतिवेदनअनुसार ७२ औं स्थानमा रहेको नेपालले भोकमरी सूचकांकमा २२ अंक प्राप्त गरेको छ। यो तथ्यांक अनुसार नेपालको खाद्य सुरक्षाको अवस्था दक्षिण एसियामै सबल देखिएको छ।

विश्वभरको खाद्य सुरक्षाको अवस्थाबारे विश्लेषण गरी सार्वजनिक गरिने विश्व भोकमरी सूकचकांक जीएजआई प्रतिवेदनअनुसार सन् २०१६ देखि नेपाल निरन्तर ७२ औं स्थानमा छ ।

विभिन्न निकायसँगको सहकार्यमा कन्सन वल्डवाइडले विल्श्व खाद्य दिवसको अवसरमा हालै विश्व भोकमरी सूचकांक २०१८ सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार दक्षिण एसियामा सबैभन्दा अब्बल स्थान श्रीलंका छ ।

यसअघिका वर्षमा भने नेपालको स्थान सबैभन्दा सुधारको अवस्थामा रहेको छ।