बहुमत सांसदहरु ओलीको पक्षमा ,बालुवाटारमा हस्ताक्षर संकलन

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सांसदहरूलाई हस्ताक्षर गराउनुभएको छ। सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि ओलीले बालुवाटारमा प्रतिनिधिसभा सदस्यहरूलाई बोलाएर हस्ताक्षर गराउनुभएको हो।संसदीय दलका बहुमत सांसदहरूले ओलीको पक्षमा हस्ताक्षर गरेको स्रोतको दाबी छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि काङ्ग्रेस, मधेसवादी दलका नेताहरूलाई भेटेर अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको सूचना पाएपछि प्रधानमन्त्रीले संसदीय दलभित्र बहुमतमा रहेको सिद्ध गर्न यस्तो गनुभएको हो।

कांग्रेस या मधेसवादी दलका तर्फबाट अविश्वासको प्रस्ताव दर्ता गर्ने सूचना पाएपछि दुई अध्यक्षबीच असमझदारी उत्कर्षमा पुगेको थियो। प्रचण्डले पार्टीका सांसदहरू बोलाएर हस्ताक्षर गराउने तयारीसमेत गरेका थिए ।गठबन्धनको भावनाविपरीत प्रचण्डले अरू दलसँग मिलेर सरकार ढाल्न खोजेको भन्दै उपाध्यक्ष वामदेव गौतमले आफूनिकटका सांसदलाई हस्ताक्षर नगर्न भनेको बालुवाटार स्रोतको भनाइ छ।नेकपाका १ सय ७२ जना सांसद् छन् । संसदीय दलमा बहुमत सिद्ध गर्न ८८ सांसदको आवश्यकता पर्छ। प्रधानमन्त्री ओली केही दिनदेखि सांसदहरूसँग छलफलमा व्यस्त हुनुहुन्छ । रेडीयो एनआरएन