लकडाउनको उलघंन गर्दै हाटबजार, कृषी सहकारी र वित्तिय सस्थाहरुमा भिडभाड बढ्दै

१७ बैशाख २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल  / नवलपरासी –  कोरोना भाईरस अर्थात कोभिड – १९ को महामारीले गर्दा लकडाउन अर्थात बन्दा बन्दिको अवस्था रहीरहदा पश्चिम नवलपरासीको सुस्ता गाउपालिकाको वडा नम्वर ३ र प्रतापपुर गाउपालिकाको वडा नम्वर ९ बेलाटारीबाट पिपरपाति जाने मूल सडकमा लाग्ने साप्ताहिक हाट बजारलाई कुनै असर पारेको छैन । अहिलेको अवस्था लक डाउन को अवस्था भएकोले जता जतै बजार पसल यातायातहरु बन्द रहेतापनि त्यस क्षेत्रमा लकडाउनले कुनै प्रभाव नपरेको स्थानीयको भनाई छ । सम्बन्धित निकाय कसैको पनि यस तर्फ ध्यान नजादा हाट बजार सञ्चालनले अत्यधिक भिड भाड हुने गरेको स्थानीयले गुनासो गरेका छन ।जिल्लाका दुईवटा गाउँंपालिकाको सिमानामा रहेको उक्त बजार खुल्नुका साथैत्यस पालिकाका अन्य क्षेत्रमा समेत लकडाउनको उलघंन भएको हुदा महामारीको खतरा निम्त्याउन सक्ने चिन्ता ब्यक्त गर्दै स्थानियले त्यस तर्फ सम्बन्धित निकायको चाडै ध्यान जानुपर्ने र सुरक्षा ब्यवस्थालाई अझ कडा बनाई अनुगमनलाई प्रभावकारी बनाउनसपर्ने बताएका छन ।त्यस्तै, बर्षायाम सुरु हुनै लाग्दा पश्चिम नवलपरासीको वभिन्न सहकारी सस्थाहरुमा कृषकहरुको भिडभाड बढ्न थालेको छ । किसानहरुका लागि जिल्लाका विभिन्न सहकारी मार्फत धानको विउ र रासायनिक मल सहुलियत दरमा उपलब्ध गराउने पालिकाहरुले निर्णय गरेको समाचार आएपछि बुधबार विहानै देखि बर्दघाटमा रहेको माकर बहुमुखी सहकारी संस्था, पञ्चनगरमा रहेको

मधुवन कृषी सहकारी सस्था लगाएत बासा, भुमही, सुनवल, रामग्राम लगाएतमा रहेका सहकारी हरुमा पनि धानको विउ लिन र खाद लिनका लागि सयौंको संख्यामा किसानहरुको भिड लाग्न थालेको छ । सहकारीमा किसानहरु विउ र खाद लिनका लागि भएको भिडलाई ब्यबस्थापन गर्नका लागि भने सहकारीले कुनै सुरक्षाका उपाय नअपनाएको हुदा किसानहरुको यस्तो भिड देखिएको हो । किसानहरु भने आफुहरुले सहकारीले धानको विउ वितरण गर्दैछ भन्ने जानकारी पाउनासाथ समयमै विउ र मलखादको जोहो गर्न आफुहरु आएको बताएका छन् । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको समयममा भएको भिडले कोरोना संक्रमण फैलिन सक्ने जोखिमलाई नियन्त्रण गर्न मापदण्ड बनाई मल विउ वितरण गर्नुपर्ने बर्दघाट वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमालले बताउनुभएको छ । जिल्लामा मल र विउ पर्याप्त रहेको र सामाजिक दुरी कायम गर्दै किसानहरुले तोकिएका सहकारीबाट मल विउ लिन सक्ने र त्यसको लागी नआत्तिकन धैर्यताका साथ अनुशासित भई मल विउ लिनुहुन सम्पुर्ण कृषकहरुलाई आग्रह गर्नुभयो । साथै स्थानिय बैंक तथा वित्तिय सस्थाहरुमा समेत पैसा लिनका लागी भिडभाड बढ्ने गरेको गुनासो आइरहेको हुदा त्यसतर्फ पनि उक्त सस्थाहरुले लकडाउनको पालना गर्दै कारोबार गर्नुहुन समेत आग्रह गर्नुभएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया