जनप्रीय हुँदै नगरप्रमुख डिल्लीराज भुसाल

१७ बैशाख २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया
1K Shares


रमेश भण्डारी / गुल्मी  –  गुल्मी जिल्लाकै पहिलो रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसाल चर्चाको शिखरमा छन । नगरप्रमुखमा निर्वाचित भएयता उनि झन बढि नगरबासीको सेवामा निरन्तर खटिरहेका छ्न।दीन दु:खी र अप्ठ्यारोमा परेकालाइ सहयोग गर्न पाउँदा आफुलाइ आनन्द मिल्ने बताउने भुसालले कोरोना भाइरसको त्रासका बिच नगरपालिकामा गरेका जनहितका काम यी हुन ।स्वास्थ्यतर्फ : रेसुङ्गा नगरपालिकाले सुरुवातमा तीन स्थानमा हेल्थ डेस्क सन्चालन गर्यो। त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्बर ९ मा २० शैयाको आइसोलेसन वार्ड र नगरका १४ वटै वडामा गरि १५६ वटा क्वारेन्टाइन वार्डको स्थापना गरिएको छ । यसै गरि स्वास्थ्यकर्मीलाइ आवस्यक पर्ने सुरक्षाकवज(PPE),मास्क,

सेनिटाइजर लगायतका सामग्रीको उचित ब्यबस्था मिलाइएको छ । दैनिकरुपमा स्वास्थ्य जाँच गरि रिपोर्ट समेत प्रस्तुत गरिदै आएको छ ।त्यस्तै नगरपालिकाले सुरुवात देखी नै जनचेतनामुलक प्रचारप्रसार गरिरहेको छ ।राहततर्फ : नगरपालिकाले लकडाउन भएपछी नगरभित्र ज्यालामजदुरी गरि जीवन निर्बाह गर्ने परिवारलाइ पहिलो चरणको राहत बितरण गरिसकेको छ। रेसुङ्गा नगरपालिका भित्रका १४ वडामा गरि कुल १४९१ घरधुरीलाइ राहत बाडिएको हो । दाल,चामल, तेल, नुन लगायतका सामग्री राहतको रुपमा बितरण गरिएको हो । राहत पाउदा बिपन्न परिवार हर्षित भएका थिए । त्यसै गरि दोश्रो चरणको राहत पनि बैशाख २०,२१ गते बितरण हुने भएको छ । जसमा करिब ८ हजार आठ सय ब्यक्ति लाभान्वित हुनेछन ।

विपद – ब्यबस्थापन कोष स्थापना : कोरोना भाइरसको महामारीबाट भविष्यमा पर्न सक्ने सम्भाबित जोखिमलाइ न्युनिकरण गर्न विपद-ब्यबस्थापन कोषको स्थापना भएको छ । ६५ लाखको लक्ष्य लिएर स्थापना गरिएको कोषमा हाल सम्म ५० लाख भन्दा बढी संकलन भैसकेको छ । कोषमा उद्योगी, व्यापारी,संघ संगठन,नागरिक समाजले सक्दो रकम हस्तान्तरण गरेका छ्न ।अलपत्रको उद्दार : रेसुङ्गा नगरपालिकाले अलपत्र परेका यात्रुको उद्दारमा भगवान भएर कार्य गर्दै आएको छ । सुरुमा बाग्लुङदेखी बाके र बर्दियाका लागि हिड्दै आएका २४ जना यात्रुलाइ प्युठानको सिमा सम्म पुर्याएको थियो त्यस्तै नगरप्रमुखको सक्रियतामा नेपाल भारत नाकामा अलपत्र परेकी गुल्मी तम्घासकि एक जना गर्भवती महिलालाइ एम्बुलेन्स पठाएर उद्दार गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया