किशोर गैरे
हाम्रो देश नेपालमा लोकतन्त्र स्थापनाको लागि धेरै ठुलो संघर्षपुर्ण ईतिहास रहेको छ। बिभिन्न चरणका लोकतान्त्रिक आन्दोलनमा आफ्नो जिवनको आहुती दिने महान सहिदहरुलाई सम्झनुपर्छ।
राष्ट्रको सुनौलो भबिस्यका लागि, नेपाली जनताको समुन्नतिका लागि आफ्नो घरबार, बालबच्चा, आमा बाबा अनि श्रीमतीको कुनै प्रबाह नगरी आफ्नो प्राणको आहुती दिने ती सहिदको के स्वार्थ थियो होलारुरुरु मात्र थियो त सपना बश सपना समृद्ध, समुन्नत र सुखी नेपालीको सपना, नेपालको बिकाशको सपना हरेक जनताको मुहारमा हासो र मनमा सुखसान्तिको सपना
ती नेपाली वीर सहिदहरु प्रती सम्मान सहित नमन गर्दछु।
हो, नेपालमा जहानिया राणा शासनको अन्त्यका लागि भएको क्रान्ती देखि, पन्चायत शासनको अन्त्यका लागि भएका क्रान्ती र आन्दोलन हुँदै १० बर्षे माओबादीले सुरु गरेको जनयुद्द सहित जनआन्दोलन भाग ९२ सम्म आइपुदासम्म जनताको बलिदान सङ्ग साटेर लेराएको संघीय लोकतान्त्रिक गणतन्त्र सम्मको लामो संघर्षपुर्ण यात्रा नेपालले पार गरेको छ। जनताको जिवनमा परिवर्तन लेराउनको लागि नै यो सबै भएको हो, नेपालको समृद्धि, सुम्मुन्ती बिकासकै लागि भएका हुन यो कुरामा कुनै दुई मत नै छैन। लोकतन्त्रप्रेमी नेपाली जनतालाइ मेरो नमन।
तर एउटा कुरा हामि सबैले बिचार गर्नुपर्ने बेला आएको छ के हामीले सोचेको कुरा भयो तरु अहिले देख्छु कि नेपालमा हरेक ठाउँ मा निराशा बहेक केही छैन जो भेट्यो निराश कुरा मात्रै गर्छ, किन यस्तो भैरहेको छ मनन गर्ने कि हामीले धेरै कुरा परिबर्तन गर्यौ ब्यबस्था बद्लेयौ लोकतन्त्र प्राप्त गर्यौ तर हामी आफू भित्रको व्यबहारलाइ लोकतान्त्रीकरण गर्न सकेनौ। जब सम्म हाम्रो व्यबहार लोकतान्त्रीकरण हुदैन, जुन सुकै ब्यबस्था आए पनि हामीले लोकतन्त्र महसुस गर्न सक्दैनौ।लोकतन्त्र भनेको ४९५ बर्षमा एक भोट खसाल्ने मात्र होइन लोकतन्त्र भनेको नारा जुलुस बन्द हडताल मात्रै होइन लोकतन्त्र त एउटा संस्कार हो। लोकतन्त्र त एउटा व्यबहार हो। जब सम्म हामी भित्र रहेको सामन्ती पन्चायत व्यबहार समाप्त हुदैन, जब सम्म हामीले आफू भित्र लोकतान्त्रीकरण गर्न सक्दैनौ तब सम्म यो रास्ट्रमा समृद्धि, बिकास र समुन्नति सम्भब छैन। एक पटक हामि सबैले आत्मा समिक्षा गरौ तरु
अबको आन्दोलन भनेको हरेक नेपालीले आफ्नो मन र व्यबहारमा सकारात्मक लोकतान्त्रीकरणको आन्दोलन गर्नु आवश्यक छ। हाम्रा व्यबहार कति लोकतान्त्रिक छन, एक पटक नियालेर हेरौ त हामि भित्रको हैकमबाद जब सम्म समाप्त हुदैन तब सम्म केही हुदैन। लोकतन्त्रमा अधिकार हरु हुन्छन तर अधिकार मात्र हुदैन त्यो संगै लोकतान्त्रिक दायित्व र कर्तब्य हुन्छन। एक पटक मनन गरौ हामीले हाम्रो कर्तव्य र दायित्व कति पूरा गरेऔ। धेरै ठूलो उदाहरण म दिन चाहान्न मात्र हामीले यो सोचौ कि हामीले कति पटक जेब्राक्रसिङमा आफ्नो मोटर रोकेऔ, बाटो काट्न खोज्ने बटुवालाइ मोटर हाक्दै हर्न बजाउदै ओभरटेक गरेको बिर्सिनु भयो। समान्य कुरा हो यो त दायित्व भन्दा नि नैतिकता हो बटुवालाइ बाटो काट्न दिनु कि होइन ररु
अब हामी भ्रस्टाचारको कुरा गरौ म त हामी सबै भ्रष्टाचारि भएको देख्दछु ८० लाखमा जग्गा किनबेच गर्ने अनि मालपोत मा २० लाखको थैली राखेर पास गर्ने ६० लाख के होरु कालो धन होइन ररु सानो कुरामा पनि आफ्नो चिन्जानको पहुचवलाको पावर देखाउदै कानुनी राज्यको उपहास गर्नु पनि नाताबाद र कृपाबाद होइन ररु जुन देशमा हामी लोकतन्त्रको लागि त्यति ठूलो संघर्ष गरेऔ, आज त्यही देशमा भर्खरै जन्मेको नाती कुन पार्टीको भनी पार्टी पद्धतिलाइ जहानिया तन्त्र बनाउने को होरु हामी त हो नि होइन ररु लोकतन्त्रको सस्थागत बिकासको लागि सबै भन्दा पहिले हाम्रो आचरण लोकतान्त्रिक हुनु आवश्यक छ जब सम्म हामी भित्रको सामन्तीवाद अन्त्य हुदैन तब सम्म लोकतन्त्रको जग बलियो हुदैन हामी सबै उत्तरदायी र कर्तव्यबोध हुनु आवश्यक छ, जब हामी भित्रको सामन्तीबादि ब्यवहार मौलाइरहन्छ तब सम्म हामीले देखेको नेपाल सम्भब छैन त्यसैले अब हामी भित्र क्रान्ति हुनुपर्छ। नेपालको लोकतान्त्रिक आन्दोलनको दिशा अब हामी सबैको व्यबहारमा लोकतान्त्रिकरणको अभियानमा अग्रसर हुँदै आफुले आफैलाइ बदल्ने प्रायसमा जुटौ तब नेपालको भबिस्य सुमुन्नत, समृद्ध र नैतिक लोकतान्त्रिक र बिकासित हुनेछ। हामी सबैले चाहे के सम्भब छैन ररु हाम्रै पुस्ताले यो सपनालाई बिपनामा साकार गर्नेछ।
जय नेपाल।