खुमा अर्याल फाउण्डेशनद्वारा साढे ४ टन चामल सहयोग

१७ बैशाख २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


तोलाकान्त बगाले / वालिङ, १७ वैशाख  – खुमा अर्याल फाउण्डेशनले वालिङ नगरपालिकालाई साढे ४ टन चामल सहयोग गरेको छ । भीरकोट ७ मा रहेको फाउण्डेशनले वालिङ नगरपालिकामा स्थापना भएको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा जम्मा गरेको हो।लकडाउनका कारण खाद्यान्नको अभाव सिर्जना भएकाहरुलाई राहत स्वरुप चामल उपलब्ध गराईएको फाउण्डेशनका उपाध्यक्ष लेखनाथ शर्माले बताउनुभयो ।फाउण्डेशनले सावा मन्सुली चामल वालिङ नगरपालिकामा ५० किलोको ९० बोरा चामल उपलब्ध गराएको हो ।

फाउण्डेशनले उपलब्ध गराएको चामल ग्रहण गर्नुहुँदै नगर प्रमुख दिलिपप्रताप खाँणले खाद्यान्न उपलब्ध गराएर नगरपालिकालाई ठूलो सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो । नगरपालिकाले प्राथमिकताका आधारमा राहत वितरण गर्ने र सोही राहतको प्याकेजमा चामल समावेश गर्ने बताउनुहुँदै प्राप्त भएको खाद्यान्नलाई पारदर्शी र सही सदुपयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।नगर उपप्रमुख कल्पना तिवारीले फाउण्डेशनले प्रदान गर्ने सहयोगको कार्यक्रममा वालिङ नगरपालिकालाई पनि समावेश गरेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया