कोभिड १९ राहत कोषमा झण्डै ३२ लाख संकलन

१७ बैशाख २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


तोलाकान्त बगाले / वालिङ, १७ वैशाख  – वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ राहत संकलन हुने क्रमले तिब्रता पाएको छ ।वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा नगद तथा खाद्यान्न गरी रु. ३१ लाख ९७ हजार ७ सय १७ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा भीरकोट ८ निवासी हाल गह्रौं प्राथमिक अस्पतालमा सिनियर अहेव पदमा कार्यरत

झलकनारायण खनालबाट १० हजार २० र वालिङ ५ जगत निवासी झमन गुरुङबाट १५ हजार गरी रु. २५ हजार २० संकलन भएको हो ।नगरपालिकाको राहत कोषमा हालसम्म नगद २५ लाख, ९ हजार ७ सय १७ र खाद्यान्न ६ लाख ८८ हजार गरी कूल रु. ३१ लाख ९७ हजार ७ सय १७ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया