नेपाली काँग्रेसकी नेतृ शेरचनद्धारा खाद्यान्न बितरण

१७ बैशाख २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


बुटवल, १७ बैशाख  –  रुपन्देहीको तिलोत्तमा वडा नं. ३ ड्राइभरटोल निवासी नेपाली काँग्रेसकी नेतृ मनोरमा शेरचनले दोस्रो चरणको राहात बितरण गरेकी छन् । नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा पूर्व रुपन्देही जिल्ला उपसभापति शेरचनले आफ्नो छिमेकमा रहेका मजदुरहरुका ५१ घरपरिवारलाई सोमबार र मंगलबार दाल, चामल, नुन तेल लगाएका खाद्यान्य बितरण गरेकी हुन् । कोरना संक्रमणको त्रासले देशमा लकडाउन भएपछि मजदुरहरुलाई मर्का परेको भन्दै उनले यसअघि पनि ४० हजार बराबरको खाद्यान्य बितरण गरेको छिमेकी तिलक महतले बताए । दोस्रो चरणमा ३५ हजार रुपैयाँको राहत बितरण गरेको शेरचनले उल्लेख गरिन् ।

नेतृ शेरचनले मंगलबार शंकरनगरस्थित गैसालाका गाईलाई ४० हजार रुपैयाँको दाना खरिद गरिदिएको गौसालका व्यवस्थापक श्याम अधिकारीले बताए । गौसालामा हाल दुई सय गाई छन् । लकडाउनको बेला गाईलाई दाना जुटाउन समस्या परेको भन्दै अधिकारीले शेरचनले संकटमा सहगोग गरेकोमा प्रशंसा गरे ।यसैबीच नेतृ शेरचनले गौसाला नजिकै रहेकोे शिवमन्दिरमा दुई लाखको लगानीमा ट्रष्ट निर्माण गरिदिएकी छन् । शेरचनको आर्थिक सहगोगमा मन्दिरको दोस्रो तलामा हालै ट्रष्ट निर्माण गरिएको अधिकारीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ‘टिकटक’ बनाउन रेलमार्गमा हिडिरहेका युवाको रेलको ठक्करबाट मृत्यु
  • पूर्वीय दर्शनमा मोक्ष : जीवन हुँदै पाइन्छ कि मृत्युपर्यन्त कुर्नुपर्छ…
  • साहरुखको ‘पठान’को सेटमा लफडा
  • गल्याङ जेसिजको दोस्रो पदहस्तान्तरण
  • जाडोमा किन पिउनुपर्छ पर्याप्त पानी ?
  • ‘नाचिदेउ वसन्ती’को उत्कृष्ट कभर भिडियो बनाउनेलाई एक लाख पुरस्कार
  • प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आइतबार बस्ने
  • तिलोत्तमा  मा  जारी दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबलमा…
  • बुटवलमा एउटै छातामुनी सम्पुर्ण सामाग्री पाइने मार्ट संचालनमा
  • तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा राष्ट्रपति बाइडेनको हस्ताक्षर