कोरियाको निर्माण क्षेत्रमा भएको आगलागीमा ३८ जनाको मृत्यु

दक्षिण कोरियाको निर्माण क्षेत्रमा भएको आगलागीमा परी ३८ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
दक्षिण कोरियाको राजधानी सिओलबाट ८० किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा रहेको निर्माण क्षेत्रमा बुधबार आगलागी भएको थियो ।
उक्त निर्माण क्षेत्रमा धेरै मानिसहरु फसेको हुनसक्ने भएकाले मृत्यु हुनेको संख्या बढी भएको अधिकारीहरुले जनाएका छन् ।
उक्त निर्माण क्षेत्रमा धेरै दमकलहरु र दर्जनौं एम्बुलेन्सहरु रोकिएका तस्बिर सार्वजनिक भएका छन् । उक्त भवनको एकपट्टि जलेर पुरै कालो भएको देखिन्छ ।
घाइते भएका १० जनामध्ये ८ जनाको नजिकैको अस्पतालमा उपचार भइरहेको छ भने अन्य दुई जनाको अवस्था गम्भीर रहेको छ ।
अधिकारीहरुका अनुसार ३० जना भागेको भए पनि चार जनाको अवस्थाबारे थाहा हुन सकेको छैन । – अलजजिरा
फेसबुकबाट तपाईको प्रतिक्रिया