आगलागीबाट ६ घर जल्यो, एक बालक घाइते

१७ बैशाख २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


सप्तरी  – सप्तरीको सुरुङ्गा नगरपालिकामा बुधबार साँझ भएको आगलागीबाट ६ जनाको घर जलेको छ । आगलागीमा परी एक जना बालक जलेर घाइते भएका छन् ।सुरुङ्गा नगरपालिका ३ बस्ने हरी मण्डलको घरबाट आगलागी सुरु भएको हो । आगलागीमा परी बद्री मण्डलका ३ बर्षीय छोरा कृष्णा जलेर घाइते भएका छन् । घरमा खेलिरहेको अवस्थामा आगलागी हुँदा उनको टाउको, दुबै हात र एउटा खुट्टा जलेको छ । उनलाई तत्कालै उद्वार गरी उपचारका लागि लहान लगिएको प्रहरीको भनाइ छ ।आगलागीले हरीको ३ क्वीन्टल चामल, १० तोलाको पाउजु,

१० तालाको बाला र नगद रु १ लाख १० हजार जलेको छ ।बद्रीको घरमा भने ५० हजारको क्षति भएको प्रहरीले बताएको छ ।आगलागीले सोही ठाउँका सन्तोष सदाको चामल ६० किलो र नगद १० हजार, चिचाई सदाले कान्छी छोरीको बिवाहका लागि राखेको नगद ६० हजार र २ क्वीन्टल चामल, जोगेन्द्र सदाको छोराले विदेश बाट पठाएको नगद १ लाख र २ आना सुन, तिमा सदाको चामल ५० किलो, धान ४ मन र नगद रु. १० हजार जलेको प्रहरीले जनाएको छ ।आगोलाई स्थानीय बासिन्दा, दमकल र प्रहरी मिलेर निभाइएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया