कोरोना नियन्त्रणको कामना गर्दै पशुपतिनाथमा विशेष पूजा

प्रकाशित मिति:

काठमाडौं। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणको कामना गर्दै पशुपतिनाथमा विशेष पूजा गरिएको छ । गत सोमबार नयाँ वर्षको अवसर पारेर पशुपतिनाथमा विशेष पूजा गरिएको हो । नयाँ वर्षको अवसरमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा। मिलनकुमार थापाले विश्वका सबै मानिस कोरोना संक्रमणबाट चाँडै मुक्ति होऊन् भनी उक्त पूजा गरेका हुन् ।

व्यक्तिगत पहलमा विश्वका सबै मानिस कोरोनो संक्रमणको जोखिमबाट मुक्त होउन् भन्ने कामनासहित पशुपतिनाथ मन्दिरमा सवा लाख दीप प्रज्ज्वलनसहितको लघुरुद्री लगाइएको उनले बताए ।चिनको वुहानबाट शुरु भएको कोरोना भाइरसका कारण विश्व त्रसित छ । कोरोना भाइरसले विश्वमा १ लाख २६ हजार ५३८ को मृत्यु, १९ लाख ९६ हजार बढी संक्रमित भएका छन् । चीनबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपेली मुलुक हुँदै अहिले अमेरिका निकै आक्रान्त बनेको छ ।