जीवन बदल्ने रामायणका १४ अनमोल वचन

१८ बैशाख २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


सर्वप्रथम रामायणका रचयिता महर्षि वाल्मीकिले भगवान श्रीराम र सीताको जीवनीलाई ग्रन्थको रुप दिएका थिए ।वाल्मीकिले रामायणमा हरेक प्रसंगमा मानिसलाई सत्मार्गमा हिड्न प्रेरित गरेको पाइन्छ । रामको जीवनलाई आर्दश मानेर रामपथमा हिड्दा सदैव धर्म प्राप्त हुने मान्यता छ ।पावन ग्रन्थ रामायणमा प्रेम, त्याग, तपस्या र भावनाको मेल पाइन्छ । त्यहि रामायणका रचयिताका वाल्मीकीले केहि अनमोल वचनहरु समेत समावेश गरेका छन् । जसको नेपाली रुपान्तरण यस प्रकारको छ ।
जननी र जन्मभूमि स्वर्ग भन्दा महान हुन्छन् । दुखः र विपद् जीवनका यस्ता दुई पाहुना हुन्, जो बिना निमन्त्रणा आउने गर्दछन् । प्रण तोडेमा पुण्य नष्ट भएर जान्छ । मातापिताको सेवा र उनको आज्ञाको पालना गर्नुजस्तो अर्को कुनै धर्म छैन ।

जीवनमा सदैव सुख मात्र प्राप्त हुनु दुर्लभ छ ।यस दुनियामा कुनै पनि कुरा दुर्लभ छैन यदि उत्साहको साथ छोडिएन भने । मायाको पनि दुई भेद हुन्छ अविद्या र विद्या ।अहंकार मनुष्यको सबैभन्दा ठुलो दुश्मन हो । जसले सुनको हारलाई समेत माटो बनाइदिन्छ ।प्रियजनलाई पनि मोहवश अत्यधिक प्रेम गरेमा यश गुम्ने गर्दछ । अति संघर्षले चन्दनबाट पनि आगो उत्पन्न गराउँछ, सोहि प्रकार अधिक अवज्ञा गरिँदा ज्ञानीका हृदयमा पनि क्रोध उत्पन्न हुन्छ । सन्त अरुलाई दुखबाट बचाउन कष्ट सहने गर्दछन्, दुष्टहरु अरुलाई दुखमा पार्न जिउने गर्दछन् । नीचको नम्रता अत्यन्त दुखदायी हुन्छ ।अंकुश, धनुष, सर्प र बिरालोले मात्र झुकेर आक्रमण गर्दछन् ।संसारमा यस्ता मानिस कमै हुन्छन्, जो कठोर तर हितका कुरा गर्दछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया