भिडीयो कन्फ्रेन्स तीन कोइरालाहरु सगं सम्वाद सम्पन्न।

प्रकाशित मिति:

गिरिजा प्रसाद कोइराला अमेरिका को आयोजनामा राष्ट्रिय अन्तराष्ट्रीय गिरिजा प्रसाद कोइराला सगं आबद्व भएका सबै संयोजक एवम् सल्लाहकार र एन। आर। एन का साथीहरु लाई आमन्त्रण गर्दै कोभीड १९ को महामारी मा नेपाल सरकार को तयारी र कोरोना कहर को महामारी पछिको अर्थ व्यवस्था र नेपाली काग्रेंस को भुमीका अनी भविष्य बिषयक  भिडियो कल लाईभ बहस अप्रील २८, २०२०, न्यु- यार्क को समय अनुसार बेलुका ११स्१५ वाट सुरु भएर बिहान को १ बजे समापन भयो। यस वहस कार्यक्रम मा ५६ व्यक्तिहरु को उपस्थिति रहेको थियो। यस बहस मा प्रमुख अतिथि मा। सुजता कोइराला  पुर्व उप- प्रधान मन्त्री एवम गिरिजाप्रसाद कोइराला फाउण्डेशनका केन्द्रीय अध्यक्ष, विशिष्ट अतिथि डा। शसाकं कोइराला- ससंद एवम् महामन्त्री नेपाली काग्रेंस र विशेष अतिथि डा। शेखर कोइराला- केन्द्रीय सदस्य,नेपाली काग्रेंस को उपस्थिति रहेको थियो।  जिपि कोइराला फाउण्डेशन अमेरिका का अध्यक्ष सोमनाथ घीमीरे ले कार्यक्रम संचालन गरेका थीए।  यस लाईभ वहसमा नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद डा। शसाकं कोइराला ले कोभिड १९ को यो महामारी मा विश्वभर रहेका नेपालीहरु लाई सतर्क रहदै स्वस्थ रहन आग्रह गर्नु भयो। महामन्त्री कोइराला ले नेपाली काग्रेंस को १४ओेों अधिवेशन वाट नयाँ नेत्रीत्व आउने दावी गर्दै नेपाल मा अब कृषि क्रान्तिले अर्थ व्यवस्था उकास्न सहयोग गर्छ भन्नु भयो।महामन्त्री ले यस कोभीड १९ ले हामी सबैलाई ठुलो चुनौती सगं सगैं एउटा ठुलो अवसर पनि दिएको जिकीर गर्नु भयो र अब हामीलाई नयाँ सोच र विचार को बहस गराउन वाध्य गर्यो भन्नु भयो। यसै वहसमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रभावशाली नेता डा। शेखर कोइराला ले नेपाल सरकार कोभिड(१९ रोक्न कुनै स्पष्ट कार्यक्रम को योजना नल्यएको र यस महामारी पछिको देशको अवस्थालाई सरकारले मुल्याङकन गर्न चुकेको छ भन्नु भयो।

प्रभावशाली नेता कोइराला ले कांग्रेसले देशको निकास दिनका लागि सक्रियताका साथ अघि बढदै पार्टी को १४ओेों अधिवेशन यो २१ओों शताब्दी को हाई टेक्नोलोजि प्रयोग गर्दै समयमै गर्नु पर्ने धारणा राख्नु भयो। वहाँ ले काग्रंरेस अब पनि नसुध्रीए ठुलो घाटा हामी सबैलाई हुनेछ भन्नु भयो र सबैलाई सत्यको वाटोमा यात्रा गर्न आग्रह गर्नु भयो। सत्यको जित अवस्य हुन्छ वहाँ ले भन्नु भयो।  कांग्रेसकी केन्द्रिय सदस्य, पूर्व उप-प्रधान मन्त्री एवम् गिरिजा प्रसाद कोइराला फाउण्डेशन की केन्द्रीय अध्यक्ष सुजता कोइराला ले सरकारले कोरोनाको महामारीको मौका छोपेर जनतालाई राहत दिन को सट्टा सत्ताको खेलमा लागेको आरोप लगाउनु भयो। वहाँले कम्युनिस्ट सरकारले देश र जनता का लागि एउटा योजना समेत नरहेको भन्नु भयो।फाउण्डेशन की केन्द्रीय अध्यक्ष कोइराला ले देश यस्तो चपेटा मा परेको वेला नेपाली काग्रेंस का सबै नेताहरु एक भएर गम्भीरता का साथ देशलाई निकास दिनका लागि आग्रह गर्नु भयो।    लाईभ  वहसमा अमेरिका लगायत विश्वभर रहेका गीरीजा प्रसाद कोइराला फाउण्डेशन सगं आवद्व संयोजक र सल्लाहकार हरु तथा एनआरएनमा रहेका नेताहरुको उपस्थिति रहेको थियो।गिरिजा प्रसाद कोइराला फाउण्डेशन क्यानडाका अध्यक्ष तुल्सी पौडेल र सल्लाहकार डा। बिनोद पगेनी, मकाउ की अध्यक्ष निर्मला थापा मगर, दक्षिण कोरिया का अध्यक्ष डा। अग्नि कोइराला, ओसेनिया का अध्यक्ष रमेश छत्कुली, तासमानिया का अध्यक्ष नवराज मुडवरी र एडेलेड का अध्यक्ष दिलीप कुमार पोख्रेल, जापान का अध्यक्ष कुमार कार्की, युरुप का सल्लाहकार डा। शिवाजी श्रेष्ठ, अमेरिका का सल्लाहकार मोहन सीहं बीष्ट  सस्थांपक सदस्य जनसम्पर्क समिति  वीपी वावु सगं,बम्बे, भारत, न्यु जिलेन्डका सल्लाहकार बुद्वी सागर घीमीरे, प्रदेश  ३ संयोजक रीता खनाल ले आ  आाफ्नो मन्तव्य राख्नु भएको थियो।

मन्तव्य कै क्रममा नेजससअ का पुर्व संयोजक बिष्णु सुवेदी, एनआरएन अमेरिका का पुर्व अध्यक्ष डा।केशव पौडेल, एनआरएन अमेरिका पुर्व सिनियर उपाध्यक्ष कृष्ण पौडेल, एनआरएन संयुक्त राज्यका नेता आर। के। त्रीपाठी, लायन्स क्लब नेपालका गोभरनर राजन खत्री, प्रोफेसर डा। केशव भट्टराई, पुर्व नेवि सघं केन्द्रीय सदस्य ज्ञानल थापाहरुले आफ- आफ्नो मन्तव्य राख्नु भएको थियो।  गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका का उपाध्यक्ष सर्वज्ञ वाग्ले, मनार्थ सदस्यहरु देशराज संयोग, कृष्ण राज गीरी र भरत अर्याल, केन्द्रीय सदस्य बिनोद थापा, सुर्य सिमखडा का साथै क्यानडा वाट उपाध्यक्ष निरन्जन थापा, महासचिव विद्याभुषण कार्की , सचिव उज्जल गौतम, प्रवक्ता राम कृष्ण रेग्मी, केन्द्रीय सदस्य प्रमेस गुप्ता, दक्षिण कोरीया का महासचिव कीशोर कोइराला, नेपाल ट्रेड युनियन काग्रेंस का ससक्त नेता टी। पी। खनाल, ने।का। नेता ज्ञानेन्द्र कार्की(टेक्सस, नेवि सघं अमेरिका का पुर्व सभापति प्रभात सापकोटा, नेपाल तरुण दल अमेरिका का उपाध्यक्ष अन्नत राज सुवेदी हरु को पनि सहभागिता रहेको थियो। युरोप की संयोजक सीता सापकोटा ले टाईम जोन नमीलेका ले उपस्थित हुन सकेनौ भन्नु भयो। अध्यक्ष सोमनाथ घीमीरे ले गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका समाज प्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले यस कोभिड(१९ को महामारीको चपेटामा पर्नु भएका न्यु- यार्कका नेपालीहरु लाई यस फाउण्डेशनले आफ्नो तर्फवाट सक्दो सहयोग गर्दै सेवा नै धर्म हो भन्ने मुल नारा का साथ फाउण्डेशन अघि बढी रहेको छ भन्नु भयो। यसै वहस कार्यक्रम को अन्त्यमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका का उपाध्यक्ष सुवर्ण लामाले धन्यवाद ज्ञापन गर्नु भयो।भवदीय, सोमनाथ घिमीरे अध्यक्ष  गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका

थप समाचार