युवा नेताहरुद्वारा क्वारेनटाइनमा स्वास्थ्य सामग्री वितरण

प्रकाशित मिति:

बुटवल, १८ बैसाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमाका युवा नेताहरुले तिलोत्तमाको शंकरनगर र ओमसतिया गाउपालिकामा रहेका क्वारेनटाइनमा पुगेर व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीहरु वितरण गरेका छन् । कोरोना भाइरस संक्रमणबाट बचाउने उद्देश्यले राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य एवं नेकपा रुपन्देही जिल्ला सचिबालय सदस्य माधब बस्नेत,

नेकपा तिलोत्तमा नगर कमिटिका सदस्य एवं युवा संघका प्रदेश सदस्य प्रेम घर्ती मगर लगायतले क्वारेन्टाइनमा कार्यरत कर्मचारी, स्वयंसेवक र चोकचोकमा ड्युटी गर्ने प्रहरीहरुलाई सुरक्षीत रहन आग्रह गर्दै टिस्यु पेपर,मेडिकल मास्क, ग्लोभ,सेनिटाइजर,साबुन र मिनरल वाटर गरी बीस हजार रुपैयां बराबरको सामग्री वितरण गरिएको हो । युवा नेताको टोलीमा युवा संघ जिल्ला नेता युवराज पराजुली,डायमण्ड गिरी,गोपाल गैरे,सतिस सापकोटा,गोबिन्द रेग्मी,प्रदीप थापा लगायत सहभागी रहेका र टोलीले क्वारेन्टाइनको अवस्थाको स्थलगत निरीक्षण समेत गरेको राष्ट्रिय युवा संघका प्रदेश सदस्य प्रेम घर्ती मगरले जानकारी दिए ।