लक डाउनवाट प्रभावितहरुको लागी राहत कोषमा रकम आउने क्रम जारी

प्रकाशित मिति:

चुत्र महत वैशाख १८,भीरकोट कोरोना भाइरस कोविड १९ का कारण प्रभावित भीरकोट वासीहरुको लागी राहत होस भनी विभिन्न संघ सस्थाहरुले राहत रकम दिनेहरुको क्रम जारी रहेको छ । माहामारीको रुप लिइ विश्व भ्रमण गरीरहेको कोरोना भाइरस कोविड १९ को संक्रमण वाट वच्न नेपाल यति वेला लक डाउन गरीएको अवस्थामा लक डाउनवाट प्रभावित र अति विपन्न विहान वेलुका आफ्नो परिवारको हात मुख जोड्नको लागी हम्मे तम्मे परेका भीरकोट वासी र कर्म गर्नको लागी भीरकोटमा आएर वसेका अन्यहरुलाई राहत होस भनेर भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी वडा न १ निवासि समाजसेवी क्या. दुर्गा वहादुर थापाले रु २५,०००। हजार र वडा न १ मा रहेको आँधिखोला बचत तथा ऋण सहकारी सस्था लिमिटेड वयरघारीका सदस्य क्षेत्र वहादुर थापा र प्रबन्धक भरत खड्काले संयुक्त रुपमा राहत कोषमा जम्मा हुने गरी रु २५,०००। हजार नगर प्रमुख छायाराम खनाल लाई प्रदान गरेका छन ।

भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने रकम वुझ्दै प्रमुख खनालले कोविड १९ का कारण लक डाउन पालना गर्दै आएका अति प्रभावित भीरकोट वासीलाई नगरपालिका एकले मात्र उनिहरुको समस्या सामाधान गर्न नसक्ने भएकाले सवै नगर भित्रका सरोकारवालाहरुको उत्तिकै आवश्यक रहेकाले सवैले प्रकोप व्यवस्थापन कोषमा जे सकिन्छ त्यही सहयोग गर्नु पर्ने अवस्था आइपरेको भन्दै प्रमुख खनालले नगरपालिकाको ९ वटै वाडमा दोस्रो चरणको राहत सामाग्री वितरण गर्ने कार्य भैरहेकोे वताए । साथै प्रमुख खनालले अझै पनि साँझ विहान खाना खान नपाएको अवस्था छ भने सम्वन्धीत वडा अध्यक्ष संग सम्र्पक गरी सिफारीस सहित नगरपालिका आउन समेत आग्रह गर्दै राहत कोषमा सहयोग गर्ने समाजसेवी क्या.दुर्गा वहादुर थापा र आँधिखोला बचत तथा ऋण सहकारी सस्था लि लाई धन्यवाद व्यक्त गर्नु भयो । हाल सम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी १२ लाख १९ हजार २ सय ६३ रुपैया जम्मा भएको नगर प्रवत्ता दिपेन्द्र केसीले वताए ।