लायन्स क्लव अफ बुटवल मिलनको अध्यक्षमा खनाल निर्वाचित

१८ बैशाख २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


बुटवल, १८ बैशाख । लायन्स क्लव अफ बुटवल मिलनको अनलाईन प्रविधि मार्फत निर्वाचन सम्पन्न भएको छ । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको पुर्ण पालना गर्दै क्लवले अनलाईन प्रविधिलाई प्रयोग गर्दै निर्वाचन गरेको हो । अनलाईन प्रविधि मार्फत भएको निर्वाचनमा बर्ष २०२०÷०२१ का लागि अध्यक्षमा कमल खनाल निर्वाचित भएका छन् । उनी युवा व्यवसाय हुन ।

त्यस्तै उपाध्यक्षमा शारदा थापा, सचिवमा दिपक घिमिरे र कोषाध्यक्षमा सुरेन्दराज ज्ञवाली निर्वाचित भएका छन् । बाँकी रिक्त पदमा लकडाउन खुल्ला भएपछि निर्वाचन गरिने बताइएको छ । लायन्स क्लव अफ बुटवल मिलनका एक्शटेन्सन चेयर पर्सन योगेश घिमिरे, संस्थापक अध्यक्ष गोपाल टण्डन, पुर्व अध्यक्षहरुको सहभागितामा क्लवले नयाँ नेतृत्वका लागि निर्वाचन गरेको थियो ।सोही अवसरमै निर्वाचित अध्यक्ष कमल खनालले लायन्सले यस अघि गरेको सामाजिक कार्यहरुलाई निरन्तरता दिने बताए । उनले कोरोनाको यो महामारीको अवस्थामा विशेष कार्यक्रम समेत ल्याउने प्रतिबद्धता जनाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया