धुर्काेट गाउँपालिकाले राहत स्वरूप विपन्नलाई काम दिने

प्रकाशित मिति:

झविन्द्र भण्डारी,
बैशाख १८, गुल्मी ।
गुल्मीकाे धुर्काेट गाउँपालिकाले विपन्न परिवारलाई राहत स्वरूप काम दिने भएको छ । पहिलो चरणमा ७७९ परिवारलाई राहत वितरण गरेको गाउँपालिकाले दास्राे चरणमा राहत स्वरूप काम दिने भएकाे हाे ।
लकडाउनकाे अवधि लम्विएपछि विपन्न वर्गका नागरिकहरूलाई लक्षित गरि दाेस्राे चरणमा सिधै राहत वितरण नगरी खाद्यान्नका लागि काम दिने बैशाख १६ गते बसेकाे गाउँपालिकाकाे बैठकबाट निर्णय भएको गाउँपालिका अध्यक्ष भुपाल पाेखरेलले जानकारी दिनुभयाे । श्रम गर्न विपन्न परिवारका नागरिकले वडा कार्यालयमा निवेदन दिन सक्नेछन् । काम स्वरूप सडक, गाेरेटाे बाटाे, खानेपानी, सिंचाइ लगायतका क्षेत्रमा काम दिने निर्णय गाउँपालिकाले गरेकाे हाे । काम गरे बापत उचित पारिश्रमिककाे व्यवस्था गरिएको छ ।
काेराेना भाइरसलाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गरि वढिमा ५ जना सम्मकाे समूह वनाई पायक पर्ने स्थानमा परिचालन गर्ने गाउँपालिकाले जनाएको छ । केही दिन पहिला समेत गाउँपालिकाले खाद्यान्न अभाव हुन नदिन २ वर्ष देखि बाँझो रहेकाे जमिनमा खेती गर्ने किसानलाई अनुदान दिने र जमिन बाँझाे राखेमा गाउँपालिकाले निर्णय गरेर भुकि कर लगाउने निर्णय समेत गरेकाे थियोे ।