इबोलाको औषधि ‘रेम्डेसिभिरु कोरोना भाइरसको उपचारमा सकारात्मक : डा फौची

प्रकाशित मिति:

कोरोना भाइरसका बिरामीको उपचारका लागि रेम्डेसिभिर औषधि प्रभावकारी हुनसक्ने परीक्षणमा देखिएको छ। यो औषधि पहिलो पटक इबोलाका बिरामीको उपचारका लागि प्रयोग गरिएको थियो।  विश्वभरिका ७५ अस्पतालमा एक हजारभन्दा धेरै सिकिस्त बिरामीमा गरिएको परीक्षणको तथ्याङ्कमा यो औषधि दिइएको बिरामी ३१ प्रतिशत छिटो निको हुने देखिएको छ। रेम्डेसिभिरले निको हुने औसत समय १५ दिनबाट घटाएर ११ दिन पुर्‍याएको छ।  औषधिले जीवनरक्षा गर्नसक्ने वैज्ञानिकहरूले सुझाव दिएका छन्। रेम्डेसिभिर प्रयोग गरिएको समूहमा ८ प्रतिशतले ज्यान गुमाएका छन्। प्लेसिबो उपचार पद्धतीमा ११ प्रतिशतको मृत्यु भएको छ। रेम्डेसिभिर अमेरिकी कम्पनी गिलियडले बनाएको औषधी हो। यो कोभिड १९ को औषधी भने होइन। उल्लिखित नतिजालाई थप तथ्याङ्कले पुष्टि गर्नुपर्छ। तर अरू औषधीको संयोजनमा प्रयोग गरे गम्भीर बिरामीलाई सहयोग पुग्नसक्ने विशेषज्ञहरूको सोंच छ। विश्वभरिका अस्पतालमा थुप्रै परीक्षण भइरहेको छ। चीनमा पनि यस्तै परीक्षण गरिएको थियो। सिकिस्त बिरामीमा गरिएको सो परीक्षणमा कुनै प्रभाव देखिएन। महामारी नियन्त्रण हुँदै गएकोले पर्याप्त व्यक्ति भर्ना गर्न नसकिएपछि परीक्षण चाँडै रोकिएको थियो।नयाँ परीक्षणलाई अमेरिकाको नेसनल इन्स्टिट्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजेज एनआइआएआइडि ले प्रायोजन गरेको हो। डा। एन्थोनी फौचीले परीक्षणको नतिजालाई एकदमै सकारात्मक बताए। औषधिले भाइरस रोक्न सक्छ भन्ने यसले देखाएको छ फौचीले भने यो उपचारको मानक हुनेछ। अप्रिलदेखि सुरू भएको एड्याप्टिभ कोभिड १९ ट्रिटमेन्ट ट्रायल एसिटिटि इयुरयुकेका बिरामीलाई दैनिक दश दिनसम्म रेम्डेसिभिर वा प्लेसिबो औषधी दिइएको थियो।

सुरूमा ४४० जना बिरामी भर्ना गर्ने लक्ष्य भए पनि दोब्बर बिरामीको परीक्षण गरिएको थियो यो अध्ययनमा तीन किसिमले बिरामी निको भएको उल्लेख गरिएको छ।अस्पतालमा भर्ना भए पनि अक्सिजन राख्न नपर्ने  स्वास्थ्य सामान्य अवस्थामा नफर्किए पनि अस्पतालबाट डिस्चार्ज गर्ने अवस्था  अस्पतालबाट डिस्चार्ज हुने र सामान्य गतिविधीमा  फर्किने अवस्था परीक्षणमा अस्पताल भर्ना भएका बिरामीलाई दैनिक दश दिनसम्म रेम्डेसिभिर दिइएको थियो। युसिएलको एमआरसि क्लिनिकल ट्रायल्स युनिटका निर्देशक महेश परमारले भने,“कोभिड १९ का कारण अस्पताल भर्ना भएका बिरामीको उपचारका लागि रेम्डेसिभिरको प्रयोगबारे यो नै पहिलो ठूलो अन्तर्राष्ट्रिय परीक्षण हो।” उनले युरोपेली संघको परीक्षण नेत्तृत्व गरेका थिए। यी नतिजाहरू एकदमै सकारात्मक छन्। यो औषधिले निको हुने समय छोट्याउने प्रष्ट छ। औषधिलाई व्यापक रूपमा उपलब्ध गराउनुअघि, थुप्रै काम हुनुपर्छस् औषधीलाई अनुमति दिनेबारे नियामकहरूले तथ्याङ्क र नतिजा समीक्षा गर्नुपर्छ र त्यसपछि विभिन्न देशका सान्दर्भिक स्वास्थ्य अधिकारीले पनि मूल्याङ्कन गर्नुपर्छ। यो हुँदै गर्दा रेम्डेसिभिरले कोभिड १९ बाट हुने मृत्यु रोक्न सक्छ कि भनेर यो र अन्य परीक्षणबाट हामी थप र दीर्घकालीन तथ्याङ्क पाउनसक्छौं।विशेज्ञहरू नतिजा आशावादी भएकोमा सहमत छन्। अक्सफोर्ड विश्वविद्यालका प्राध्यापक पिटर होर्बीले कोभिड १९ उपयोगी हुनसक्ने परीक्षण गरिरहेका छन्। उनले रेम्डेसिभिर पनि समावेश गर्ने आशा गरेका छन् तर विश्वव्यापी मागबीच आपुर्ति गर्न सकेका छैनन्। तर चीनमा गरिएको परीक्षणमा भने उनी संलग्न थिए।डा। फौचीले बताए अनुसार कोभिड बिरामी चार दिनले छिटो निको हुनु र हामीले चिनीयाँ बिरामीमा रोग सुरू भएको दश दिनभित्र गरेको परीक्षणमा देखिएको पाँच दिनको अन्तर उस्त हो, उनले भने।

यसले प्रभाव वास्तविक भएको र रेम्डेसिभिरले कोभिड १९ का बिरामीलाई सहयोग पुग्ने देखिएको छ। हामीले पूर्ण नतिजा हेर्नुपर्छ। प्रमाणित भए यो गज्जबको नतिजा हुनेछ। कोभिड १९ विरूद्धको लडाइँका लागि ठूलो समाचार हुनेछ। हाम्रो र एनआइएआइडिको परीक्षणको खाँका उस्तै छ। संयुक्त तथ्याङ्कको संयुक्त विश्लेषणले रेम्डेसिभिरको प्रभावकारिता अझ पुष्टि हुनेछ। अबको काम भनेको पूर्ण तथ्याङक् ल्याउनु र रेम्डेसिभिरमा समतामूलक पहुँचका लागि काम गर्नु हो।”युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक डेरेक हिलले यो “र्‍यान्डमाइज्ड कन्ट्रोल्ड ट्रायल” भनको बताए। परीक्षमा सहभागी गराइएका आधा बिरामीलाई प्लेसिबो दिइएको थियो। त्यसैले यो अध्ययन बढि प्रभावकारी भएको उनले बताए।यो प्रारम्भिक नतिजा सकारात्मक छ,” उनले भने,“सामान्य अवस्थामा बिरामीका लाग यो औषधी प्रयोग गर्ने अनुमति पाउन महिनौं वा वर्षौं लाग्थ्यो। तर यो असामान्य अवस्थामा सुरक्षता र प्रभावकारितासम्बन्धी नियन्त्रित अध्ययन भए औषधि नियामकले भविष्यमा विशेष र छिटो अनुमित दिने निर्णय गर्नसक्छन्।अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले गिलयडसँग रेम्डेसिभिर चाँडोभन्दा चाँडो बिरामीलाई उपलब्ध गराउन वार्ता भइरहेको बताएको छ। केही बिरामीलाई भने औषधि उलब्ध गराइएको चिकित्सकहरूले बताएका छन्। द गार्डियनबाट नेपाली अनुवाद