ओजोन तहको सबैभन्दा ठूलो प्वाल बन्द

प्रकाशित मिति:

काठमाडौं, वैशाख १९ स् ओजोन तहमा देखिएको प्वाल बन्द भएको छ। आर्कटिकमा मार्चको मध्यदेखि अन्तिमसम्म देखिएको सबैभन्दा ठूलो प्वाल बन्द भएको हो। यस क्षेत्रको ओजोन तहमा देखिएको प्वाल हालसम्मकै सबैभन्दा ठूलो प्वाल मानिएको छ। कोपर्निकस वातावरणीय निगरानी सेवा ९सीएएमएस०का अनुसार, आर्कटिक क्षेत्रको वातावरणमाथि ओजोन तहमा पहिले पनि साना प्वालहरू भेटिएका थिए। तर ओजोन तहमा यस्तो ठूलो प्वाल देखिएको यो पहिलो पटक हो। जुन सबैको लागि एक चिन्तको विषय हो। ओजोन तहले सूर्यको यूभी किरणहरू अवशोषित गर्ने भएकाले यसको प्वाल टालिनु पृथ्वीग्रहको लागि अत्यन्त महत्वपूर्ण छ। विज्ञका अनुसार, पृथ्वीलाई सूर्यको नकारात्मक किरणबाट बचाउने ओजन तहमा प्वाल परेमा हिमालको बरफ पगाल्ने, जीवहरूको प्रतिरक्षा प्रणालीलाई असर गर्ने, मानिसमा छालाको क्यान्सर र रातन्धो जस्ता रोग निम्त्याउन सक्ने खतरा रहन्छ।

लकडाउनसँग कुनै सम्बन्ध छैन सीएएमएसका अनुसार आर्कटिकमाथि देखिएको यो प्वालको सम्बन्ध हाल कोरोना भाइरसका कारण लगातार गरिएको लकडाउनसँग कुनै सम्बन्ध रहेको छैन। उक्त प्वाल तीव्र हावा र लामो समयदेखि बनेको पोलार भोर्टेक्सका कारण बनेको थियो। उक्त प्वाल ओजोन तहमा आइरहेको गिरावटको एक लक्षण हो। यो वार्षिक प्रणालीका कारण आफैं बन्द भएको थियो। तर यो स्थायी समाधान होइन। यद्यपि, ओजोन तहमा सुधारचाहिँ आइरहेको छ।अन्टार्टिकामाथिको प्वाल कायमैसन् १९९६ मा क्लोरोफ्लोरोकार्बनको प्रयोग बन्द भएको थियो। त्यसपछि अन्टार्टिकामाथिको ओजोनमा केही सुधार आउन थालेको थियो। क्लोरोफ्लोरोकार्बनजस्ता रसायनको प्रयोग एयरोसोल स्प्रे, फोम, सल्भेन्ट र रेफ्रिजेरेन्ट्स बनाउन प्रयोग हुन्छ। विश्व मौसम संगठन डब्लुएमओका अनुसार अन्टार्टिकामाथिको ओजोनमा देखिएको प्वाल सन् २००० यता एक देखि तीन प्रतिशतसम्म सानो भइसकेको छ। यद्यपि यो प्वाल पूर्ण रुपमा बन्द हुन सन् २०५० सम्म कुर्नुपर्ने वैज्ञानिकहरुको भनाइ छ।