लक डाउन : कोरोना (कोविड–१९) र जनजिवन

प्रकाशित मिति:

कमल चौधरी , पहिलो पटक लक डाउनलाई नजिकबाट बुझ्ने मौका पाए । मलाई लाग्छ म मात्र नभएर सराविश्व नै यस पटकको लक डाउन राम्रो संग बुझे होलन् । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) को कारणले आज विश्व नै लक डाउनको स्थितिबाट गुज्रिरहेको छ ।  यस महामारीबाट निदान पाउन केवल एक मात्रै अचुक उपया लक डाउन नै सावित भइरहेको छ । कोरोना भाइरस (कोविड–१९) एक मनिसबाट अर्को मनिसमा सर्ने भएकोले यस किसिमको श्रृखलालाई तोड्न लक डाउनले राम्रो काम गरिरहेको छ । मानव समुदायलाई सुरक्षित गर्ने लक डाउन र समाजिक दुरी कायम गर्नु नै उत्तम विकल्प हो ।  यद्यापी यस लकडाउन अवधि पटक–पटक लम्बिएको कारण दैनिक मजदुरी गरेर खाने विपन्न गरिब, श्रमिक, किसान बर्गहरुलाई ठुलो समस्या झेल्नुपरेको छ । यो समस्यालाई हल गर्ने ठुलो चुनौती हुँदाहुँदै पनि राज्यले गम्भीरताका साथ अगाडी बढ्न सकिरहेको छैन । आज नेपालमा लकडाउन भएको ३७ दिन पुरा भैसक्दा समेत श्रमिक बर्ग, किसानका पीडाहरुलाई न त स्थानिय सरकार न त राज्यले नै राम्रो संग सम्बोधन गर्न सकिरहेको छ ।

संकटको समयमा राज्यले विशेष भुमिका खेल्नु पर्ने   श्रमिकहरु सयौं किलोमिटर पैदल यात्रा गर्न बाध्य छन् । अझै पैदल यात्रा गर्ने क्रम रोकिएको छैन । गरिब दीनः दुखिहरुलाई दुई छाक खानाको जोहो गर्न निकै समस्या भैरहेको छ । विक्रि गर्न तयार भएका किसानका तरकारीहरु बजार पाउन सकेको छैन । यस्तो संकटको समयमा राज्यले विशेष भुमिका खेल्नु पर्ने हो । जुन हुन सकेको छैन । लक डाउनको कारण ईट्टा उद्योगमा काम गर्ने कामदारहरुलाई पनि निकै समस्या भैरहेको छ । उनिहरुलाई खद्यान्नको अभावले सताई रहेको छ । लक डाउन लम्बीदै जाँदा ईट्टा उद्योगमा काम गर्ने मजदुरहरु पनि धेरै समस्यामा परेका छन् । भारत र नेपालका विभिन्न जिल्लाबाट कपिलबस्तुका ईट्टा उद्योगमा काम गर्न आएका कामदारहरुलाई घर फर्किन समस्या भएको बर्दगोरिया–५ कैलालीका तिलक कठरियले बताए । उनले भने–‘हामी श्रमिकहरुलाई न घर फर्किन सहज बातावरण तयार भएको छ । न राम्रो संग काम गर्ने वातावरण बनेको छ । खद्यान्न को अभावले दिनहुँ चिन्तित बनाएको छ । सरकारी निकायबाट कुनै किसिमको राहत पाउन सकेका छ्रैनौं ।’ उनले श्रमिक र कामदारको क्षेत्रमा काम गर्ने बेटर व्रिक नेपाल परियोजना र स्थानिय संस्था घरघरमा शिक्षा तथा अत्मानिर्भर विकास संस्थाको सहकार्य मार्फत शुद्धोधन गाउँपलिका १ शोसा कपिलबस्तु स्थित संमृद्धि ईट्टा उद्योगमा केही मात्रा भएपनि चामल, नुन, तेल, दाल,तरकारीहरु सहयोग पाएको बताए ।

लक डाउनमा कपिलबस्तु तरुण दल र नेपाल विद्यार्थी संघको चर्चा यस्तो विसम परिस्थितिलाई चिर्दै गरिब दुःखीका समस्या सहन नसकेर कपिलबस्तुका केही समाजिक तथा राजनीतिक व्यक्तिहरुले उदाहरणिय बन्न पुगेका छन् । उनीहरुले आफ्नो ज्यानलाई जोखिममा राखेर दीनःदुखी गरिब, मजदुर बर्गहरुलाई निस्वर्थ सेवाको भावले सहयोग गर्दै आएका छन् । यसरी कपिलबस्तुमा निस्वर्थ सेवाको सहयोग गर्दै आएकोमा कपिलबस्तुका नेपाली कांग्रेस भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ निकै चर्चामा आएका छन् । हुन त गरिब दुःखीहरुको सहरा गर्ने जो कोही संगठन वा व्यक्ति चार्चमा आउनु नौलोे कुरा होईन । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ कपिलबस्तुले पैदल यात्रीको उद्वार गर्नु देखि दुःख पाएका विद्यार्थी, आगलागी पीडितलाई सहयोग र गरिब मजदुरहरुको घरदैलोमा नै तिब्र गतिमा राहतको व्यवस्था गर्दै आएकोले उनिहरुको प्रशंम्साको पात्र हुनु स्वभाविक हो ।  त्यस्तै केही विद्यार्थिहरुलाई लक डाउन लम्बिय संगै खद्यान्न वा कुनै समस्या भए तरुण दल र नेविसंघ कपिलबस्तुका साथिहरुलाई सम्पर्कका राख्न नाम फोन नम्बर समेत पत्रकार र समाजिक संजाल मार्फत सर्वजनिक समेत गरेको कपिलबस्तु नेविसंघ क्षेत्र नं १ सभापति चन्द्रकान्त पोख्रेलले बताए । गरिब, श्रमिक, मजदुर र किसान बर्गलाई सरकारको ठुलो खाँचो  हुन त तरुण दल र नेविसंघ जस्तो उदाहरणिय काम स्थानिय या केन्द्र सरकारले गर्नुपर्ने हो । तर अहिले देशमा ३ तहका सरकारले पनि जनतालाई चुस्तदुस्त रुपमा राहतहरु वितरणहरु गर्न सकिरहेको छैन । अहिले गरिब, श्रमिक, मजदुर, किसान बर्गलाई सरकारको ठुलो खाँचो छ । जो दुःख पाएको छ । उनिहरुलाई उद्दारको लागी सरकारको आवश्यकता छ । जो खाना पाएको छैन, उनीहरुलाई खानाको व्यवस्था मिलाउन सक्नुपर्छ । तर त्यो राहत गरिब दुखीले पाउन सकिरहेका छैनन् । सरकार स्वयम् अलोचनको पात्र बन्दै गएको छ । राहत पीडित सम्म नपुग्दै गायव हुन्छ । कर्मचारी आफै राहतको दुरुपयोग गर्दैछन् । करोडौं रुपैया राहतको नाममा चलखेल हुदैछ ।

कपिलबस्तुमा प्रदेश सभा सदस्य विष्णु पन्थी कृषकहरुको घरघरमा हुन त कपिलस्तुमा भने तरकारीले बजार नपाउँदा कपिलबस्तुका कृषकहरु समस्या भैरहेको समयमा प्रदेश सभा सदस्य विष्णु पन्थीले भने राम्रो काम गरेका छन् । उनले आफु स्वयम् कपिलबस्तुमा तरकारी खेति गर्ने किसानका खेतबारीमा पुगेर तरकारीहरुलाई विक्रिवितरण गर्न सहयोग गरेका छन् । त्यस्तै तरकारीहरु बजारमा लैजान समस्या भएको र नजिकैको गाउँहरुमा जसोतसो मोतिपुर, बोडगाउँ, मधुवन, ढोडेकोल, मोर्मी गाउँमा बिक्रि गर्दै आएको बाणगंगा नगरपालिका –८ का एक कृषक दिनमणी बेलबासेले गुनसो सुनाए ।  उनले भने ‘कृषिबाट ऋण निकालेर खेति गरेका हो । लक डाउनको कारण अहिले त झन् ऋण के गरि तिर्ने हो । जति उत्पादन थियो । त्यो बेच्न सकिरहेको छैनौं । तरकारी बिक्रि भएको छैन ।’ बेलबासे कृषकहरु जस्तै धेरै किसानहरुको समस्या यस्तै छ । यस्तो समस्या भैरहेको समयमा विष्णु पन्थीले कपिलबस्तुमा कृषकहरुको समस्या बुझेर उदाहरणिय कार्य गरेका छन् । अहिले बिष्णु पन्थी आफै केही मात्रामा कृषकहरुको तरकारीहरुलाई बजार सम्म पु¥याउने काम गरेका छन् । अतः यस्तो विपतको समयमा सवैले आ–आफ्नो ठाउँबाट अह्म भुमिका खेल्नुपर्छ । सरकार गम्भीरताका साथ अगाडी बढ्न आवश्यक प्रदेश सभा सदस्य विष्णुपन्थी र नेपाल कांग्रेसका भातृ संगठन नेपाल तरुण दल र नेविसंघ जस्तो उदाहरणिय काम सवै नगरिकहरुले गर्न सक्नुपर्छ । यसरी विपद्को समयमा मनविय सेवा गर्नु हामी सबैको दायित्व र कर्तव्य पनि हो । नेपाल सरकारले घोषण गरेको पूर्ण लक डाउनको पालन गर्दै समाजिक दुरी कायम गरेर खाना नपाएकोलाई खाना, पैदल यात्रुलाई उनिहरुको गन्तब्य सम्म, कृषकहरुको तरकारीहरुको विक्रि वितरणमा सहयोग पु¥याउन आवश्यक छ । स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले चुप लागेर होईन की आफ्नो नगरिकहरुको सुरक्षाको लागि गम्भीरताका साथ अगाडी बढ्न आवश्यक छ । देशका नगरिकहरुलाई राज्यले विपतको समयमा अभिभावको दायित्व बोध गर्न सक्नुपर्छ ।