डब्लुएचओको लोगो दुरुपयोग भएको भन्दै तरुणदल स्याङ्जा द्धारा ज्ञापन पत्र

२० बैशाख २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


स्याङ्जा / सस्तो लोकप्रियता र देखावटी जनसेवाको कारण सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर गर्ने भन्दै नेपाल तरूण दल स्याङ्जाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (Covid-19) को विरुद्धमा सबै मिलेर सहकार्य गनुपर्ने समयमा राजनीतिक पुर्वाग्रहका साथ भईरहेको कार्य प्रति ध्यान आकर्षण भएको प्रेस विज्ञेप्तीमा उल्लेख गरेको छ । स्याङ्जाको सीमाना राम्दी र कुभिण्डेमा नेकपाको भातृसंगठन युवा संघ नेपालले निमार्ण गरेको अस्थाई सेनिटाईजर टनेलमा अनधिकृत रुपमा डब्ल्युएचओ (WHO) को प्रतिकचिन्ह (लोगो) प्रयोग गरेको देखिएकोले उक्त टनेलमा डब्ल्युएचओ (WHO) को लोगो राख्नुले द्धारा अनुमोदन गरिएको हो भन्ने बुझिने भन्दै डब्ल्युएचओ (WHO) को अनुमतिमा वा मापडण्ड पुरा गरेको हो भन्दै प्रश्न गरेको छ ।

जिल्ला प्रशासन कार्यलयबाट सत्यतथ्य छानबिनको माग गर्दै हल्का प्रचारप्रसार र देखावटी जनसेवाको वहानामा सर्वसाधारणको स्वास्थ्यमा हेलचेक्रई नगर्न समेत सवै पक्षलाई विज्ञेप्ती मार्फत सचेत गराएको छ । डब्ल्युएचओ (WHO) नेपालले यसअघि नै आफ्नो लोगो अनधिकृत रुपमा लोगो प्रयोग भएको भन्दै प्रेश विज्ञप्ती मार्फत ध्यान आकषर्ण भएको बताइसकेको छ । तरूण दल स्याङ्जाका अध्यक्ष माननीय भागवतप्रकाश मल्ल, उपाध्यक्ष रबिन केसी, क्षेत्रीय अध्यक्ष कुमबहादुर गुरूङ, क्षेत्रीय उपाध्यक्ष अनुवर अली लगायतको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब गिरीलाई ज्ञापनपत्र बुझाएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया