पत्रकारितालाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने आवश्यकता

प्रकाशित मिति:

अहिले विश्व कोरोना भाइरस (कोभिड—१९) का कारण आक्रान्त छ । समाजका हरेक पक्ष जस्तै पत्रकारिता यसको प्रभावबाट बाहिर रहने कुरा भएन नै । चौंथो अंगको रुपमा स्थापित संचार क्षेत्र कोरोनाका कारण संकटको अवस्थाबाट आफ्नो धर्म निर्वाह गरेर अगाडि बढिरहेको छ । नेपालको पत्रकारितामा कोरोनाको प्रभाव कस्तो छ त ? सेफर्ड कलेज काठमाडौंले यस विषयमा शुत्ररवार अनलाइन अन्तरक्रियाको आयोजना गरेको थियो । कविता शर्माले संयोजन गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष गंगाधर पराजुली र राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक सुर्यचन्द्र बस्नेतले आआफ्ना विचार राखेका थिए । यहाँ वक्ताले राखेका विचारको सम्पादित अंश समेटिएको छ ।  धमेन्द्र झा  पूर्व अध्यक्ष नेपाल पत्रकार महासंघ  यो प्रभाव नेपालमा मात्र नभएर विश्वकै अवस्था यही हो । नेपालमा इन्टरनेटको उपलब्धता २० प्रतिशत छ तर अब बढि भन्दा बढि नेपालीलाई इन्टरनेटको पहुँचमा पुराउन नेपालका नीति निर्मातालाई नीति निर्माणको लागि दवाव सृजना गर्ने देखिएको छ  :लकडाउनले संचार क्षेत्रलाई पनि आम नागरिकसम्ममा बुझ्न सहयोग गरेको छ । यसले खास गरि परम्परागत मिडिया र न्यु मिडियाको महत्व र प्रभावको बारेमा समेत बहस सृजना गरेको छ । पत्रकारहरु अहिले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्तै अग्रपंतिमा छन् । कोरोनाले पत्रकारिता मात्र हैन समाजका सबै पक्षलाई प्रभाव पारेको छ । कोरोना काल कालान्तरमा समाज विश्लेषणको आधार बन्ने संभावना पनि उत्तिकै छ । अब पनि पत्रकारिताको मुल मर्ममा त पक्कै पनि परिवर्तन आउँदैन तर प्रकृयामा केही परिवर्तन आउनसक्छ ।अहिलृको लकडाउनको परिस्थितिले हामीलाई कुनै पनि विषयवस्तु प्रति नयाँ ढंगले प्रस्तुत हुन सिकायो । मानिस परम्परा देखी अभ्यस्त मात्र हैन अन्तरनिर्भर समेत हुँदै आएको थियो । उदाहरणका लागि लकडाउन पहिला जसरी सूचना तथा जानकारीका लागि पत्रिकालाई आधार मानिन्थ्यो लकडाउनले पत्रिकालाई लगभग विस्थापित गरिदिएको छ , यो ठुलो परिवर्तन हो । नयाँ ढंगले परिभाषित भएको छ । अहिले छापा भन्दा अनलाइनको व्यापकता आएको छ । यसले पत्रकारिताको नयाँ ट्रेन्डको विकास भयो । अहिले नागरिक सामाजिक संजाल र अनलाइनमा निर्भर रहेकाछन् । पाठकमा मात्र हैन छपाइका सबै प्रकृया पुरा गर्ने झन्झट समेत सृजना भएको देखिएको छ । यो प्रभाव नेपालमा मात्र नभएर विश्वकै अवस्था यही हो । नेपालमा इन्टरनेटको उपलब्धता २० प्रतिशत छ तर अब बढि भन्दा बढि नेपालीलाई इन्टरनेटको पहुँचमा पुराउन नेपालका नीति निर्मातालाई नीति निर्माणको लागि दवाव सृजना गर्ने देखिएको छ । कोरोनाले हामी सम्पुर्ण खालको विपतलाई सामना गर्नुपर्ने रहेछ भन्ने कुरा स्पष्ट भएको छ । कोरोना कालमा २०७४ को पत्रकार आचार संहिता सत प्रतिशत लागुहुन सक्ने अवस्था छैन, किनकी त्यसले अहिलेको अवस्थाको परिकल्पना गरेको छैन । यसले कम्तिका सामाजिक दुरी कायम गर्ने जस्ता नयाँकुरा आएको छैन । फरक परिस्थितिमा फरक ढंगको आचार संहिता आवश्यकता पर्दोरहेछ ।अहिले कोरोनाकालको लागि पत्रकार महासंघले अवलम्बन गरेको अचारसंहितामा समेत यति छिटै परिवर्तन गर्नुपर्ने अवस्था आएको छ । पत्रकारिताको आचारसंहिताको कुरा गर्दा पत्रकारको सार्वकालिक आचारसंहितताको रुपमा रहेको पत्रकारले आफ्नै विवेकको प्रयोग गर्नुपर्छ भन्ने मान्यताका साथ लोक कल्याणमा समर्पित रहेर काम गर्नुपर्छ ।

गंगाधर पराजुली  पूर्व अध्यक्ष न्युनतम पारिश्रमिक निर्धारण समिति लकडाउनको अवधिमा पत्रकार झनै असुरक्षित हुनुपर्ने अवस्था आएको छ । पत्रकारको स्वतन्त्रता हनन भैरहेको छ । पत्रकार महासंघ तथा पत्रकारको हकहितमा स्थपित संस्थाले सक्रियता जनाउन जरुरी छ । वर्तमान सरकार उति अनुदार भएको छ की, सरकारले सुविधा नदिने तर धम्काउने र तर्साउने काम गरिरहेको छ ।अहिले लकडाउनको प्रभावमा संचार क्षेत्रमा परेको छ । त्यसमा पनि प्रिण्ट मिडिया बन्दका अवस्थामा पुगेका छन् । अनलाइन राम्रो चलेको जस्तै भए पनि रेडियो, टेलिभिजन पनि बिज्ञापन पाउन नसक्ने अवस्थामा पुगेकाछन् । हामीले सरकारलाई पत्रकारको सुविधा बढाउन र संचार क्षेत्रलाई दीगो रुपमा संचालनको लागि अनुदानका कुराहरुमा पहिले देखी नै जोड दिँदै आएका छौं । तर सरकारले संचार क्षेत्रललाई दीगो बनाउने क्षेत्रमा चासो देखाएको पाइदैन । केही पारिश्रमिक त बढायो तर त्यसलाई संचार क्षेत्रले दिन सके कि सकेनन् भन्ने कुरामा ध्यान पुराउन सकेको छै्रन । लकडाउनको समयमा धेरै संचार संस्थाले् तलब दिन सकेका छैनन् र केहीले आधा मात्र दिने निर्णय गरेका छन् । यो अवस्थामा धेरै संचार संस्था बन्न हुने अवस्थामा छन् । तलब त भएन नै कोरोनाको कहरमा अग्रपंतिमा रहने पत्रकारको सामान्य स्वास्थ्य र सामाजिक सुरक्षामा ध्यान पुग्न सकेको छैन । पत्रकार अहिले समाज प्रति जिम्मेवार भएर आफ्नो सोख पुरा गर्नको लागि मात्रै पत्रकारिता गरेको जस्तो देखिएको छ । पत्रकारिता संकटमा छ । कोरोना पछाडि पत्रकारितामा धेरैले हात धुने अवस्था आउनेछ ।जिल्ला स्तरका मिडिया मात्र हैन मुलधारका भनिएका संचार संस्था पनि संकटमा छन् । एक नं प्रदेशले संचार संस्थालाई अनुदानका कार्यक्रम अगाडि सारेकाछन् तर अन्य प्रदेश र संघिय सरकारले ख्याल गर्न सकेको छैन तसर्थ यसलाई व्यवस्थित गर्न सबैको ध्यान जानु आवश्यक छ । अन्य केही स्थानीय तहले पनि सहयोग पाएका होलान् तर ति पनि पहुँचका आधारमा मात्र पाएको अवस्था छ । सरकारले नीति र आचारसंहिताको मात्र कुरा गर्ने काम भएको छ तर संचार माध्यमलाई कसरी दीगो बनाउने भन्ने कुरामा बहस चल्नु पर्छ । पत्रकारको हितमा सबैले सरकारलाई दवाव दिन जरुरी छ । अहिले आम नागरिकले सूचना पाउने थलो भनेको सामाजिक संजाल बनेको छ । लकडाउनको अवधिमा पत्रकार झनै असुरक्षित हुनुपर्ने अवस्था आएको छ । पत्रकारको स्वतन्त्रता हनन भैरहेको छ । पत्रकार महासंघ तथा पत्रकारको हकहितमा स्थपित संस्थाले सक्रियता जनाउन जरुरी छ । वर्तमान सरकार उति अनुदार भएको छ की, सरकारले सुविधा नदिने तर धम्काउने र तर्साउने काम गरिरहेको छ । पत्रकार आचासंहिताको कुरा गर्दा अहिले प्रशासनले मुद्धा बनाएका विषय कुनै उठाउन पर्ने पनि उठेका छैनन् कुनै सामान्य लाग्ने पनि मुद्धा खेपेका छन् ।

सुर्यचन्द्र बस्नेत  कार्यकारी सम्पादक , राष्ट्रिय समाचार समिति  पत्रकारितामा विवेक लगाएर संयमित भएर संतुलित ढंगले समाचार संप्रेशषण गर्नुनै मुख्य आचार संहिता हो । महामारीहरुमा सबैभन्दा ठुलो कुरा मानवीयताको कुरा हो । समाचार भन्ने कुरा मान्छे बाँचे मात्र चाहिने हो । पत्रकारले पत्रकारिताको नियम भित्र रहेर आफ्नो धर्म पुरा गर्दै आएकाछन् । कोरोनाको महामारी पश्चात पत्रकारका आचारसंहिताको बिषयमा पनि छलफल भएको छ । अहिले पत्रकारले गर्ने रिर्पोटिंगको शैलीमा समेत परिवर्तन आएको छ , परिवर्तन ल्याउनु परेको छ । आम पाठक, स्रोता, दशर्कलाई कसरी सुसुचित बनाउने भन्ने कुरामा पनि ध्यान दिनुपर्नेछ । पत्रकारले शब्द चयन र विषयवस्तुको गाम्भिर्यतामा ख्याल गर्न नसके यो अवस्थामा झनै संकट आउन सक्छ । अहिले पत्रकारले बस्तुगत पत्रकारिता गर्नु आवश्यक छ । कोरोनाकै कुरा गर्दा जति कोरोनाबाट हुने मृत्युदर छ, त्यसलाई गौण राखेर यसको जोखिमतालाई मात्र बढि देखाएर त्रास सृजना गर्नुहुँदैन । बास्तविक संचार गरि पत्रकारितको कोणवाट प्रस्तुत हुनुपर्छ । पत्रकारिताको धर्म सत्य तथ्य सूचना पुराउने नै हो । गलत सूचना गलत र सही सूचना दिँदा सही प्रभाव पर्छ । पत्रकारले पनि स्रोतसँगको भेरिफिकेसनमा चनाखो हुन आवश्यक छ । जसरी सामाजिक संजाल तथा अनलाइन माध्यममा अस्वस्थ अभ्यास हुन्छ की भन्ने कुरामा ध्यान पुराउन आवश्यक छ । अहिले समाचार सम्प्रेषण गर्ने नाममा जुन खालको प्रत्सिपर्धा र प्रकृया अपनाइएको छ, यसले व्यावसायिक पत्रकारितामा नै असर पुराउँछ तथापी हाम्रो सन्दर्भमा अहिले नै हतास हुनुपर्ने अवस्था छैन । पत्रकारितामा विवेक लगाएर संयमित भएर संतुलित ढंगले समाचार संप्रेशषण गर्नुनै मुख्य आचार संहिता हो । महामारीहरुमा सबैभन्दा ठुलो कुरा मानवीयताको कुरा हो । समाचार भन्ने कुरा मान्छे बाँचे मात्र चाहिने हो ।

विपुल पोख्रेल  उपाध्यक्ष नेपाल पत्रकार महासंघ : कोरोनाको सन्दर्भमा पत्रकारहरु विना तयारी कोरोना सँगको जंगमा जुध्नुपरेको अवस्था छ । सिक्दै भोग्दै काममा अभ्यस्त हुनुपर्ने वाध्यता हामी माझमा छ । विशेष गरि पत्रकारले सामान्य सुरक्षाके प्रवन्ध पनि गर्न नसकेको अवस्था छ । पत्रकारिता क्षेत्रले चुनौतिपुर्ण अवस्थामा नागरिकलाई सूचना दिइरहेका छन् । अग्रपंतिमा रहेर काम गर्ने पत्रकारको दायित्व पनि हो । अहिलेको अवस्थामा प्रेस स्वतन्त्रता हननका २० घटना भएकाछन् । संक्रमणको जोखिम र संभार सामाग्रीको अभाव त छँदैछ राज्यलाई कम्तीमा पत्रकारलाई आरडिटी परिक्षणसम्म त गर भनेका छौं तर सुनुवाई नै भएको छैन । समाचारको पुष्टि गर्न गराउन पनि असहज अवस्था छ । प्राप्त गरेको सूचना बाहिर ल्याउन नपाइने अवस्था छ । सूचना लुकाउनेसम्मका काम भएकाछन् । अघि पछि पत्रकारलाई छाडा भए भनिए पनि यो अवस्थामा संयमित भएर गम्भिरताका साथ तथ्यका आधारमा काम गरिरहेका छन् । यसले समाज प्रति थप जिम्मेवार बनाएको छ ।कोरोनाको सन्दर्भमा पत्रकारहरु विना तयारी कोरोना सँगको जंगमा जुध्नुपरेको अवस्था छ । सिक्दै भोग्दै काममा अभ्यस्त हुनुपर्ने वाध्यता हामी माझमा छ । विशेष गरि पत्रकारले सामान्य सुरक्षाके प्रवन्ध पनि गर्न नसकेको अवस्था छ । पत्रकार महासघ आफैले पनि सुरक्षा सचेतताका सन्दर्भमा ध्यान पुराउन आग्रह गर्दै आएको छ र सामान्य स्वास्थ्य सुरक्षामा सघाउ पुराउने सामाग्री सक्दो सहयोग पनि गरिरहेको छ । तथापी यो सबैलाई पुग्न भन्दा पनि उत्प्ररेणा र सम्बन्धित संचार संस्थालाई व्यवस्थापनको लागि दवाव पनि हो । विशेष गरि सरकारले पत्रकार अफ्ठेरोमा छन् र यिनलाई सहयोग गर्नुपर्छ भन्ने पक्षमा नरहनु नै तितो अथार्थ हामीले यो परिस्थितिमा भोग्यौं । प्रधानमन्त्री आफै पटक पटक पत्रकार माथि खनिनुभएको छ । हामीले पत्रकारको सुरक्षा र सजिलोको लागि सरकारलाई विभिन्न माध्यमबाट सुझाव दिएका छौं । स्थानीय र प्रदेश सरकारका प्रतिनिधीसँग गर्दा सकारात्मक भएको पाइएको छ तर संघिय सरकार अनुदार छ । अहिले आम नागरिकलाई सुसुचित गर्न यही माध्यम नै ठिक छ भन्ने अवस्था छैन । त्यसको लागि पत्रिका, अनलाइन, टेलिभिजन, रेडियो लगायतका विकल्पहरु उत्तिकै महत्वपूर्ण छन् । लकडाउनले कुनै एकमात्र माध्यम प्रयोग गरेका संचार संस्थाले विकल्पहरु समेत खोज्नुपर्ने बेला भएको छ । सामाजिक संजालले मात्र आम नागरिकको सूचना पाउने भोक मेटिन्न तसर्थ सबै खालका आम संचारले भूमिका बलियो बनाउनु पर्छ । संचार संस्थालाई दीगो बनाउन पहल हुनुपर्छ ।