राप्तीका खानेपानी ग्राहकहरुलाइ शुल्कमा छुट

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली  बैशाख २०, सिरीचौर  देउखुरी दाङ-  दाङ जिल्लाको राप्ती गाउँपालिका अन्तरगत वडा नं ३ स्थीत सिरीचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानीको शुल्कमा ग्राहकहरुलाई विशेष छुट दिने अध्यक्ष मधुसुदन पौडेलले जानकारी दिनु भएको छ ।पछिल्लो बढ्दो विश्व ब्यापी समस्या कोरना संक्रमणको कारण लगडाउन भै कोहि कसैको पनि आयस्रोत हुन नसक्ने अवस्थाको सृजना भएकोले आफ्ना खानेपानीका ग्राहकहरुलाई गत चैत्र र यस बैशाख महिनाको शुल्कमा ५० प्रतिशतले छुट दिने भएको हो ।

सिरीचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बसेको बैठकले आफ्ना ग्राहकहरुलाई यो बढ्दो कोरना संक्रमणको अवस्थामा घरमै बस्न र रचनात्मक कार्य गर्न समेत अनुरोध गरेको छ । घर मै रहेर कृषि कर्म तथा अन्य शिपमुलक कार्य गरि क्षमता अभिबृद्धि गर्न समेत अनुरोध गरेको छ ।सिरीचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मधुसुदन पौडेलले बढ्दो गर्मी समय लाई मध्यनजर गर्दै पर्न सक्ने सुख्खा बाट बच्च अनाबस्यक पानीको प्रयोग नगर्न साथै काम सकिनासाथ धारा बन्द गर्न समेत सबैमा अनुरोध गर्नु भएको छ ।यस अघि राप्ती गाउँपालिका वडा नं १, २, ३ मा पर्ने खानेपानी तथा सरसफाई उपभोक्ता समितिले समेत आफ्ना खानेपानीका ग्राहकहरुलाई गत चैत्र र यस बैशाख महिनाको शुल्कमा ५० प्रतिशतले छुट दिने निर्णय गरिसकेका छन् ।