गुल्मीको रेसुङ्गा नगरपालिकामा दोस्रो चरणको राहत बाडिने

प्रकाशित मिति:

रमेश भण्डारी/गुल्मी – गुल्मिको पहिलो नगरपालिका रेसुङ्गा नगरपालिका पछिल्लो समयमा निकै चर्चामा आइरहेको छ। अझै विश्वभरी त्रास र महामारीको अवस्था निम्त्याएको कोरोना भाइरस ऋयखष्म ज्ञढ को प्रभावले देश आज ३८ औ दिनसम्म लकडाउन भैरएको अवस्थाले गरिब, दुखी र किसानको लागि झनै समस्या उत्पन्न भएको बेला रेसुङ्गा नगरपालिकाले आफ्नो नगरभित्रका किसानहरुको उत्पादन घर घरमै गएर खरिद गरि किसानलाई सघाउदै आएको छ भने दैनिक ज्याला मजदुरी गरि जीवन निर्वाह गर्ने ब्याक्तीहरुलाइ राहत पहिलो चरणको राहत बितरण गरिएको जसमा १४९१ घरपरिवारक ५९६३ जना ब्यक्तिहरु लाभान्वित भएको र दोस्रो चरणमा करिब २१०० घरधुरीका ८ हजार ८ सय जना ब्यक्ति लाभान्वित हुनेगरी राहत बितरण गरिने रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले बताउनुभयो ।

आफ्नो नगरपालिका भित्रका सबै वडामा रहेका पार्टी प्रतिनिधि सहितको समिती बनाइ प्रतेक वडाबाट बिपन्न नागरिकहरुको तथ्यांक मागिएको र वडास्तरिय समितिबाट सिफारिस भएका ब्यक्तिहरुलाइ राहत बितरण गरिने र रेसुङ्गा नगरभित्र कोहि पनि ब्यक्ति भोकले मर्न नदिने उहाले प्रतिबद्धता पनि जनाउनुभएको छ। साथै बिपदको समयमा आफुसक्दो सहयोग गर्न सबैलाइ आग्रह समेत गर्नुभएको छ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरपालिकाले कोटेसनको काम सकिएको र वडागत तथ्यांक पनि आइसकेकोले अब तत्काल राहत बितरण गरिने बताउनुभएको छ।