च्याउ खाएपछी एकै घरका ७ जना बिरामी

प्रकाशित मिति:

२० बैसाख,गैडहवा  जगिलाल थापा – सधै जस्तै जंगलबाट सधै ल्याउने च्याउलाई जसरी पहिले पकाएर खान्थे त्यसरी सधैको च्याउ खादा रुपन्देहीको गैडहवा गाउपालिकामा एकै घरका ७ जना बिरामी परेका छन । हिजो दिउस भैसी चराउन जादा जंगलबाट च्याउ खोजेर ल्याएको र उक्त च्याउ सांझ घरका सबै परिवारले खाएर सुतेका थिए।जंगली च्याउ खादा राती करिब १० बजे तिर घरका सबै सदस्यलाई एक्कासी वाक आउने पेट दुख्न थालेपछि भैरहवको भिम अस्पतालमा उपचारका लागि लगिएको गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिनु भएको छ।

त्यसरी च्याउ खाएर बिरामी पर्नेहरुमा गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिनवाका १२ वर्षीय अनिशा हरिजन, १४ वर्षीय मनिषा हरिजन, १६ वर्षीय रामानन्द हरिजन, १८ वर्षीय लक्ष्मी हरिजन, ३५ वर्षीय सरस्वती हरिजन, ४५ वर्षीय बद्री हरिजन र ७० वर्षीय कैलाशी हरिजन रहेका छन।सधै जस्तै हिजो पनि सधै खाइरहने च्याउ जंगलबाट छोरीले च्याउ लिएर आएको र जसरी पहिले पकाएर खान्थ्यौ त्यसरी नै हिजो पनि च्याउ संग भात खाएको हो खै के भयो हिजो एक्कासी घरका सबै बिरामी पर्र्यौ बद्री हरिजनले भन्नु भयो । अहिले हरिजन परिवारको स्वास्थ्य सामान्य रहेको भीम अस्पतालका सूचना अधिकारी गोपाल अधिकारीले बताउनु भएको छ । ४५ बर्षीय बद्री हरिजन स्थानिय मुक्तीधाम आधारभुत बिधालय ब्यबस्थापन समितीका अध्यक्ष समेत हुनुहुन्छ ।