अहंकार, दम्भ र विभाजनकारी पतनको बाटो कसैले नलिऊँ

प्रकाशित मिति:

बुटवल, २० वैशाख । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष अधिवक्ता बालकृष्ण चापागाईंले कोरोना भाइरस ९कोभिड १९०को विपद्को समयमा नेकपाको विवादले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । शनिबार एक प्रेस बिज्ञप्ती जारी गर्दै उनले नेपालको राजनीतिमा सत्तासीन पार्टी नेकपाभित्रको आन्तरिक द्वन्द्व चर्किन पुगेको भन्दै पार्टी बिभाजनको अवस्थामा पुग्ने हो कि भन्दै शंका ब्यक्त गरेका छन् । उनले बिज्ञप्तीमा भनेका छन् – ‘द्वन्द्व यति चरम अवस्थामा पुगेको छ कि कतै यो विभाजनको तहमा पुग्ने त हैन रु यसप्रति नेपाली जनता सशंकित र चिन्तित बनेका छन् । यसले निरासाको स्थिति सिर्जना गरेको छ ।’उनले नेपालको समृद्धि र शान्तिका लागि लोकतान्त्रिक मूल्य र मान्यताप्रति आस्था र विश्वास राख्ने दलहरु कुनैपनि हालतमा फुट्न नहुने तर्क गरेका छन् ।

उनले राष्ट्र र जनताको हितमा आधारित एजेन्डाहरुमा सवै दलको साथ र समर्थन लिंदै अगाढि बढ्नु सरकारका लागि उचित हुने सुझाव समेत दिएका छन् ।चौतारीका पूर्व केन्द्रीय अध्यक्ष चापागाईंले बिज्ञप्तीमा भनेका छन् –‘केही दिन यता नेपालको राजनीतिमा जनताले विश्वास गरी सत्तामा पु¥याएको नेकपाभित्रको आन्तरिक द्वन्द्व चरम रुपमा प्रकट हुनु दुःखद कुरा हो । यसलाई विधिसम्मत मार्ग अवलम्बन गरी समाधान खोज्नुपर्छ । एकताबद्ध निकास हुनु पर्छ । विभाजनको पक्षमा कोही पनि लाग्नु हुँदैन । नेकपा मात्र हैन, नेपालका कुनै पनि लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने दलहरु विभाजित हुनु सिङ्गो लोकतान्त्रिक पद्धतिका लागि नै अनिष्ट हो । यस्तो काम कोही कसैबाट नहोस् । अहंकार, दम्भ र विभाजनकारी पतनको बाटो कसैले पनि नलिऊँ । नेताहरु जवाफदेही, शालीन र संयम बनौं । ’उनले गतिशील लोकान्त्रिक प्रणालीमा सुशासन स्थापना गर्नका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै सञ्चार जगतबाट पनि नेपाल राष्ट्र र जनताको हितलाई ध्यानमा राखी सहमति र एकताका सूचना, समाचार र विचार सम्पे्रषण गर्नका लागि सवैमा अनुरोध गरेका छन् ।