तिलोत्तमा बुद्ध ज्योति लायन्स क्लबमा नयां नेतृत्व

प्रकाशित मिति:

बुटवल,२० बैसाख । तिलोत्तमा बुद्ध ज्योति लायन्स क्लबको तेस्रो वार्षिक साधारणसभाले नयां कार्यसमिति चयन गरेको छ । क्लबको शनिबार सम्पन्न वार्षिक साधारणसभाले वर्ष २०२०–२१ का लागि नारायणप्रसाद पाण्डेको अध्यक्षतामा नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा केशरबहादुर थापा,द्वितीय उपाध्यक्षमा गंगाराज सापकोटा, तृतीय उपाध्यक्षमा देव कुंवर,ं सचिवमा कृष्णप्रसाद पन्थी र कोषाध्यक्षमा हिरा यादव चयन भएका छन् । यस्तै क्लब एड्मिनिस्ट्रेसनमा उपेन्द्र अधिकारी,सहसचिवमा विनोद भण्डारी,सहकोषाध्यक्षमा मेख कुंवर,मार्केटिङ कम्युनिकेसन चेयरपर्सनमा टोपराज शर्मा,मेम्बरसीप चेयरपर्सनमा राजेन्द्रप्रसाद शर्मा,टेल टुइस्टरमा दीपक अर्याल,टेमरमा करन राना चयन भएका छन् ।

यस्तै एलसीआईएफ कोअर्डिनेटरमा शोभाखर सुनार, क्लब सर्भिस चेयरपर्सनमा हिरा गिरी तथा डाइरेन्टरहरुमा रामप्रसाद पन्थी, कृष्णबहादुर पुन,हुतराज शर्मा,केशवराज पौडेल,आदर्श ज्ञवाली र बसन्त पाण्डे तथा सल्लाहकारमा शान्तकुमार कार्की चयन भएका छन् । साधारणसभामा क्लबका संस्थापक अध्यक्ष (चार्टर प्रेसिडेन्ट) भक्तबहादुर खड्का र वर्तमान अध्यक्ष ज्ञानेन्द्र पोखरेलले नयां कार्यसमितिलाई सामाजिक र मानवीय सेवाका क्षेत्रमा रचनात्मक काम गर्न सुझाव दिएका थिए । क्लबले स्थापनाको दोस्रो वर्षमै तिलोत्तमाको उत्तरी प्रवेशद्वार योगीकुटीमा करिब २० लाख रुपैयां लागतमा लायन्स बुद्धज्योति स्मार्ट पार्क निर्माण गरेको छ । उक्त पार्कले सिक्सलेन सडक र तिलोत्तमा नगरपालिको सुन्दरीकरणमा महत्वपूर्ण योगदान पुगेको र क्लबको पहिचानका लागि दीर्घकालीन महत्व राखेको संस्थापक अध्यक्ष खड्काले बताए ।