पञ्चाङ्ग समितिले भन्र्यो यो वर्ष विवाहका १८ वटा मात्रै लगन

प्रकाशित मिति:

काठमाडौं, वैशाख २१ :  वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि २०७७ मा १८ वटा मात्र लगन निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। वर्षको पहिलो महिना वैशाखमा सबैभन्दा बढी अर्थात् सातवटा लगन निस्किएको समितिका अध्यक्ष प्रा।डा।रामचन्द्र गौतमले बताए। वैशाखको १३, १४, १९, २०, २२, २३ र २५ गते लगन जुरेको समितिले स्वीकृति दिएका पात्रो पञ्चाङ्गमा पनि उल्लेख छ। कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका क्रममा यी सबै लगन सकिनेछन्। गत चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले लकडाउन गरेको छ। पहिलो महिनामा दिइएको वर्षकै सबैभन्दा बढी विवाहको लगन लकडाउनमै सकिने भएका छन्। यसैगरी जेठको ४, ५, १० र ३१ गते गरी चारवटा लगन छन्। असारमा ११, १३ र १४ गते तीनवटा मात्र लगन रहेको पञ्चांग समितिले जनाएको छ।त्यस्तै, मंसिरमा १६, २१, २२ र २६ गते गरी चारवटा मात्र लगन छन्। यस वर्ष मंसिरपछि विवाहको लगन नरहेको समितिले जनाएको छ।माघ र फागुनमा बृहस्पति एवं शुक्र ग्रह अस्त हुने भएकाले विवाहको लगन ननिस्किएको अध्यक्ष गौतमले बताए।

यस वर्ष जेठ १७ गते शनिबार पश्चिममा शुक्र अस्त भई २६ गते सोमबार पूर्वमा उदय हुन्छ। यसैगरी माघ ४ गते आइतबार बृहस्पति पश्चिममा अस्त भई फागुन २ गते आइतबार नै पूर्वमा उदाउनेछ।माघ ३० गते शुक्रबार शुक्र पूर्वमा अस्त भएपछि २०७८ लागेपछि मात्र उदाउने भएकाले यस वर्ष माघ र फागुनमा विवाह एवं व्रतबन्धका साइत ननिस्किएको समितिले जनाएको छ।बृहस्पति गुरु, शुक्र अस्त भएका वेला गृहप्रवेश, घर निर्माण आरम्भ ९गृहआरम्भ०, सप्ताह श्रवण, यज्ञयागादिलगायत शुभकर्म पनि गर्नुहुँदैन। “गुरु, शुक्र अस्तका बेला नित्यरूपमा गरिने पूजा, पाठ, जप आदि गर्नुहुन्छ, यसैगरी नैमित्तिक रूपमा गरिने श्राद्ध, काजक्रिया, बालक जन्मँदा जातकर्म गर्नुहुन्छ, कुनै फलको कामना राखेर गरिने काम्य कर्म गर्नु हुँदैन, यसैले विवाह, व्रतबन्ध, गृहप्रवेश, गृहारम्भको साइत नदिइएको हो, उनले भने।विगत वर्षमा माघ र फागुनमा समेत विवाहको मुहूर्त हुन्थ्यो। महीनाका हिसाबले माघ र फागुन विवाह गर्न हुने नै महिना हुन्। गत वर्षमा भने विवाहका ६६ लगन थिए।

व्रतबन्धका चार मुहूर्तयसैगरी यस वर्ष व्रतबन्धको मुहूर्त पनि चार वटा मात्र छन्। वैशाख २१ र २२ गते, जेठ १२ एवं असार ११ गतेमा मात्र व्रतबन्धको लगन जुरेको समितिका सदस्य सचिव एवं पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए।गत वर्ष भने व्रतबन्धका साइत १२ वटा थिए। गत वर्षहरुमा माघ, फागुन र चैतमा पनि व्रतबन्धका मुहूर्त दिइएको हुन्थ्यो।वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया, आश्विन शुक्ल पक्षको नवरात्र, मार्गशीर्ष पञ्चमी अर्थात् विवाह पञ्चमी र माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीका दिन साइत नभए पनि विवाह गर्न हुने भन्ने धारणा शास्त्रीय नरहेको पञ्चाङ्गकार सूर्यनाथ पन्तले बताए। यी दिनमा पनि विवाह, व्रतबन्धजस्ता शुभकर्मको साइत जुर्ने भए पात्रो ९पञ्चाङ्ग०मा उल्लेख गरिने उनले बताए। रासस