जम्मु–कस्मीरमा भएको भिडन्तमा कर्नेलसहित पाँच जनाको मृत्यु

२१ बैशाख २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया
5 Shares


काठमाडौं, वैशाख २१ः जम्मू कस्मीरको कुपवाडा जिल्लाको हन्दवाडामा भएको चरम्पन्थीसँगको भिडन्तमा भारतीय सेनाका दुई अधिकारीसहित पाँच जनाको ज्यान गएको छ। मृत्यु हुनेमा भारतीय सेनाका एक कर्नेल र एक मेजर छन्। यसका साथै जम्मु–कस्मीर प्रहरीका एक अधिकारी र दुई सेनाका जवान छन्। भिडन्तमा दुई चरमपन्थीको समेत मृत्यु भएको बीबीसीले जनाएको छ।भिडन्त शनिबार ३ः३० बजे सुरु भएको थियो।

मृत्यु हुनेमा २१ राष्ट्रिय राइफलका कमान्डिङ आर्मी अफिसर कर्णेल आशुतोष शर्मा, मेजर अनुज, एक लेस नायक र एक राइफल म्यानका साथै जम्मु–कास्मीर पुलिसका सब इनिस्पेक्टर शकिल काजी रहेका छन्।चरमपन्थीले हन्दवाडाको चांगिमुलमा एक घरलका मानिसलाई आफ्नो कब्जामा राखेका थिए। उक्त घरलाई लुक्न प्रयोग गरिरहेका थिए। जम्मु–कस्मिर प्रहरी र आर्मीको संयुक्त टोलीले उक्त घरमा छापा मारेको थियो। भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटमार्फत श्रद्धान्जली दिएका छन्। बीबीसी

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा