कांग्रेस नेता भुषालको निधन

प्रकाशित मिति:

नेपाली कांग्रेसका पुराना नेता रामचन्द्र भुषालको निधन भएको छ । असोज १४ गतेराति अचानक बिरामी पर्नु भएका भुषालको काठमाण्डौ स्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा गएराती निधन भएको हो ।

काग्रेसमा स्पष्ट बक्ताका रुपमा परिचित पुर्व नगर सभापति भुषाल समाजिक तथा धार्मिक क्षेत्रमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्थ्यो ।

भुषाल विश्व हिन्दु महासंघ रुपन्देहीका सचिव, ज्ञानोदय माध्यमिक बिद्यालय व्यवस्थापन समितिको पुर्व अध्यक्ष पनि हुनुहुन्थ्यो । भुषालका श्रीमति छोरा र छोरी हुनुहुन्छ । भुषालको निधन भएको सार्बजनिक भए लगत्तै यस क्षेत्रको राजनिति, सामाजिक तथा धार्मिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरुले दुख व्यक्त गरेका छन ।

स्वर्गिय भुसालको बुद्ध टेलिभिजनका संचालन सदस्य समेत रहनुभएको थियो । उहाको निधनमा टेलिभिजनका अध्यक्ष पृथबहादुर फौदारले दुख ब्यक्त गनुभएको छ ।