उधोगी व्यवसायीहरुको ऋणको व्याज मिनाहा गर्न नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीको माग

प्रकाशित मिति:

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति नवलपरासीको विविध निर्णयहरु गर्दै सम्पन्न भएको छ ।नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीका कार्यवाहक जिल्ला सभापति अर्जुन कुमार पोखरेलको अध्यक्षतामा वैशाख २० गते शनिबार समपन्न बैठकमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति का पदाधिकारिहरु ,जिल्ला सदस्यहरु ,जनबर्गिय संगठनका प्रमुख प्रतिनिधिहरु सहितको उपस्थितिमा बिविध बिषयमा छलफल र निर्णय भएको नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीका प्रवक्ता कुलदिप प्रसाद आचार्यले बताउनु भयो । बैठकले कृषि क्षेत्रका समस्या,नागरिकका समस्या,सरकारको ब्यथिती तथा उधोग कलकारखाना सन्चालन र त्यसको ब्याज र ऋण लगायतका विषयमा पार्टिको स्पस्ट धारणा सहित सम्बन्धित निकायको ध्यान आकृष्ट गराउने गरि भेलाले निर्णय गरेको प्रवक्ता आचार्यले बताउनु भयो।

लकडाउनका समयमा कृषक हरु समेत मार्कामा परेकाले उत्पादित उपजको सहज रुपमा बजारिकरण,स्थानिय उत्पादनलाई प्राथनिकता,बीउ बिजन मल खाद को सहज उपलब्धता,उखु किसानहरुको बक्यौता रकमको भुक्तानीका बिषयमा जिल्ला प्रशासन लगायत सम्बन्धित निकायमा डेलिकेसन जाने निर्णय बैठकले गरेको छ।त्यसैगरी लकडाउनका समयमा सिमानामा अलपत्र परेका नेपाली नागरिक हरुलाई आवस्यक मापदण्ड पूरा गरि नेपाल प्रवेस गराउन,विभिन्न मुलुकमा अलपत्र बिद्यार्थी,मजदुरहरुलाई राहत सहित गाँस बासको उचित प्रवन्ध मिलाई जिविका सहज बनाईनु पर्ने र बन्द रहेका उधोग धन्दा कलकारखानाहरु लाई आवस्यक स्वास्थ्य मापदण् पूरा गरि कृषि सग सम्बन्धित उधमहरुको ब्याजमा सौलियत र छुट का विशषमा समेत सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको काङ्ग्रेस पश्चिम् नवलपरासीले बताएको छ।सबै स्थानिय तहमा रहेका क्वारेन्टाइनहरुको अवस्थाका बारेमा जानकारी लिई आवस्यक रुपमा सहजिकरण गर्न काङ्ग्रेस मातहतका कमिटिहरुलाई समेत निर्देशन दिइएको आचार्यले जानकारी दिनु भयो।

बैठले देश कोरोना भाईरसको संक्रमणमा गुज्रिरहेको कठिन परिस्थितिमा समेत सत्तारुढ दलहरु अल्पमत र बहुमतको चलखेलमा ब्यस्त हुनु,गुणस्तरहिन स्वास्थ्य सामग्री महगो मा खरिद गर्नु,असम्बैधानिक अध्यादेस ल्याईनु खारेज गरिनु,साम्सद खरिद बिक्री,अपहरण जस्ता गैरजिम्मेवार कृयाकलापमा सरकारनै जोडिनुले सरकारको बेथिती उजागर भएको र सरकार नागरिकको स्वास्थ्यप्रती जिम्मेवार नभएको भन्दै खेद प्रकट गरेको छ।साथै बैठकले सबै स्थानिय तहमा पार्टिका तर्फबाट राहत बितरण गर्न सहयोग पुर्याउने सम्पुर्ण भातृ संगठन,सुभेच्छुक सस्था,नेतृत्व सबैलाई धन्यवाद ज्ञापन गरेको छ।कृयाशिल सदस्यता बितरण र नवीकरण लगायतका विषयमा समेत आवस्यक निर्णय गरिएको छ।त्यस्तै ईस्लाम धर्मावलम्बीहरुको पर्व रमजानको अवसरमा पार्टीका तर्फबाट शुभकामना ब्यक्त गरिएको प्रवत्ता आचार्यले जानकारी दिनु भयो।