यसकारण गर्भवती महिलालाई लाग्छ ‘वाकवाकी

प्रकाशित मिति:

सामान्यतया गर्भावस्थामा महिलाहरुलाई वाकवाकी लाग्ने गर्दछ ।  यो हरेकजसो महिलाहरुमा देखिने समस्या हो । यस्तो किन हुन्छ त रु चिकित्सकहरूका अनुसार, गर्भावस्थामा महिलामा आउने एचसिजी हर्मोनका कारण वाकवाकी र रिंगटा लाग्ने गर्दछ । यो हर्मनलाई ‘प्रेग्नेन्सी हर्मोन’ पनि भन्ने गरिन्छ । अध्ययन अनुसार, गर्भावस्थामा आउने यस्तो हर्मोनले निषेचित अन्डालाई पाठेघरको भित्तामा आएर बस्न सघाउँदछ । यसबाहेक स्ट्रेस र थकानका कारण पनि यस्तो हुन सक्दछ । गर्भवती अवस्थामा वान्ता र वाकवाकी लाग्ने अर्को कारण भने इस्ट्रोजिन हर्मोन हो ।

यस्तो हर्मोन गर्भवती महिलामा बढेर जान्छ । ७० प्रतिशत गर्भवती महिलालाई यस्तो लक्षण देखिने गरेको पाइन्छ ।चिकित्सकहरुका अनुसार, वाकवाकी लाग्न गर्भवती भएको ४ देखि ८ हप्ताबाट शुरु हुन्छ । र, यो क्रम १३ देखि १४ हप्तासम्म नै रहन्छ । कसैकसैलाई भने यो भन्दा बढी समय सम्म पनि यसले दुःख दिन सक्छ । यस्तो अवस्थामा आमालाई तअसहज हुन्छ । तर पेटमा भएको बच्चालाई भने कुनै असर हुँदैन । धेरै समस्या भएमा घरेलु उपचार विधि अपनाउन पनि सकिन्छ । त्यसका लागि वाकवाकी लाग्ने वा बढाउने खानेकुरा खानुहुँदैन । त्यस्ता खानाको गन्धबाट पनि टाढै रहँदा राम्रो हुन्छ । विहान उठ्नुअगाडि भिजाएर राखेको गेडागुडी खानुपर्दछ ।