नायिका सुस्मिता सेन प्रेम चर्चामा

प्रकाशित मिति:

पूर्व मिस यूनिभर्स तथा बलिउड अभिनेत्री सुिस्मता सेन यतिबेला अफेयरका कारण चर्चामा आएकी छिन् ।

सुस्मिता सेनको जीवनमा मोडल रोहमन शलले प्रवेश गरेका छन् । हालै यि दुवै भारतको आग्रामा रहेका ताज महल हेर्न सँगै गएका थिए । अभिनेत्री सुस्मिता सेन ४२ वर्षीया हुन् भने मोडल रोहमन शल २७ वर्षका हुन् ।

सुस्मिता सेनले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गदै लेखेकी छिन् ‘रोमान्स रिटर्न्स ’ । उक्त तस्बिर सार्वजनिक भएसँगै सबैले अब सुस्मिताले उनको प्रेम सम्बन्धलाई सार्वजनिक गर्न चाहेको बताइहेका छन् ।